छिमेकी मुलुक भारतमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण अनियन्त्रित बन्दै गएको छ ।
आइतबार बिहानसम्म मृतकको संख्या एक सय छ पुगिसकेको छ । तीन हजार छ सय ७८ जना संक्रमित भएका छन् ।
पछिल्लो दुई सातामा मात्रै संक्रमित हुनेको संख्या तीन हजार दुई ७५ पुगेको छ भने ९९ जनाको ज्यान गएको छ ।
जबकि त्यसअघिको ५२ दिनमा चार सय तीन संक्रमित हुँदा सात जनाको मात्र ज्यान गएको थियो ।
मार्च ३० देखि अप्रिल ५ सम्म ७५ जनाले ज्यान गृमाइसकेका छन् । यो अवधिमा दुई हजार पाँच सय ३९ जना संक्रमित भएका छन् । शनिबार महाराष्ट्र, मध्यप्रदेश, तमिलनाडु, गुजरात, राजस्थान र कर्नाटकमा १४ जनाको ज्यान गएको थियो ।
आइतबार गुजरातमा ६२ वर्षकी महिलाको ज्यान गएपछि मृतकको संख्या एक सय छ पुगेको हो ।
अहिलेसम्म सबैभन्दा बढी महाराष्ट्रमा ३२ को ज्यान गइसकेको छ । तेलंगानामा १२ जनाको तथा मध्यप्रदेश र गुजरातमा ११–११ जनाको मृत्यु भएको छ ।
दिल्लीमा ७, पश्चिम बंगालमा ६ तथा राजस्थान, कर्नाटक र पंजाबमा ४–४ जनाले दम तोडेका छन् ।
तमिलनाडुमा ३ जनाले ज्यान गुमाउँदा हिमाचल, जम्मू–कश्मीर, उत्तर प्रदेश र केरलमा २–२ को मृत्यु भएको छ ।
बिहार, हरियाणा, चन्डीगढ र आन्ध्रप्रदेशमा १–१ ले ज्यान गुमाएका छन् । भारतमा मार्च ११ मा पहिलो संक्रमितको मृत्यु भएको थियो ।
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...