२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023, Friday

संसारभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो

कोरोना भाइरसको संक्रमण कारण विश्वमा साढे ६४ हजारभन्दा बढीको मृत्यु भएको छ । यसबाट संक्रमित हुनेको संख्या पनि १२ लाख नाघेको छ ।

सबैभन्दा बढी अमेरिकामा संक्रमित छन् । त्यहाँ संक्रमित हुनेको संख्या ३ लाख ११ हजार नाघेको छ । त्यहाँ ८ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ ।

१२ लाखभन्दा बढी कोरोनाबाट संक्रमित भएकामा दुई लाख ४६ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ४२ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १५ हजार ३ सयभन्दा छन् भने स्पेनमा ११ हजार ९ सय नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख २६ हजार नाघ्दा इटालीमा संक्रमितको संख्या १ लाख २४ हजार ६ सय नाघेको छ ।

फ्रान्समा मृतकको संख्या ७५ सय नाघेको छ । बेलायतमा ४३ सय नाघेको छ । इरानमा मृतकको संख्या ३४ सय नाघ्दा चीनमा यो संख्या ३३ सय २९ छ । भारतमा ९९ जनाको मृत्यु भएको छ । (एजेन्सी)

Related News

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
  • २०७६ चैत्र २३

काठमाडौं – नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा...

TOP