२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

मुम्बईस्थित सुकुम्बासी बस्तीमा कोरोना संक्रमण, एकको मृत्यु

एसियाकै सबैभन्दा ठूलो सुकुम्बासी बस्ती भारतको आर्थिक राजधानी मुम्बईको धारावीका एक व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

कोरोना भाइरसबाट संक्रमित भएका ती व्यक्तिलाई बुधबार बेलुका स्थानीय अस्पताल भर्ना गरिएकोमा बिहीबार बिहान उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसको पुष्टि सरकारी अधिकारीले गरेका छैनन् ।

धारावी बस्तीमा १० लाख भन्दा बढी मानिसको बसोबास छ । त्यहाँ एक व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएसँगै धेरैमा संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ ।

सरकारी अधिकारीले ती व्यक्ति बस्दै आएको घरलाई सिल गरेको छ र परिवारका सात सदस्यलाई क्वारेन्टाइनमा राखेको छ । मुम्बईको मध्य क्षेत्रमा सो बस्ती छ ।

कोरोना भाइरसको सक्रमणबाट जोगिनका लागि सामाजिक दूरी अनिवार्य भए पनि धारावी जस्तै अति खाँदिएको बस्तीमा भने त्यो सम्भव देखिएको छैन । यसले गर्दा संक्रमण धेरैमा फैलिन सक्ने भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

मुम्बई भारतका लागि कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ का रुपमा विकास भएको छ । मंगलबार एकै दिन मुम्बईमा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । बुधबार थप ३० जनामा संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म महाराष्ट्रमा ३३५ जनामा संक्रमण देखिएको छ भने १६ जनाको मृत्यु भएको छ ।

Related News

छिमेक लघुवित्तद्वारा शिखरमा स्वाथ्य शिविर सञ्चालन, ७ सय ३३ जनाले लिए सेवा 
छिमेक लघुवित्तद्वारा शिखरमा स्वाथ्य शिविर सञ्चालन, ७ सय ३३ जनाले लिए सेवा 
  • २०७६ चैत्र २०

दिपायल – शिखर नगरपालिकामा आयोजना गरिएको एक दिने निःशुल्क स्वाथ्य...

TOP