२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

चीनमा साढे २ हजार मात्रै कोरोनाको एक्टिभ केस बाँकी

कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनमा यसबाट संक्रमित हुने एक्टिभ बिरामीको संख्या २ हजार ६ सय ४० मा झरेको छ । ।

अमेरिका, इटली, स्पेनलगायतका देशहरूमा संक्रमण र मृत्यु दर बढिरहेका बेला चीन त्यसलाई न्यूनीकरण गर्न सफल भएको हो ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार, चीनका ८२ हजार ३ सय ६१ जनामा कोरोना भाइरसको लक्षण देखिएको थियो । यीमध्ये ३ हजार ३ सय १६ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ७६ हजार ४०५ मानिस स्वास्थ्यलाभ गरेर घर फर्किसकेकाले अब मात्रै २ हजार ६ सय ४० कोरोना संक्रमित बिरामी चीनमा बाँकी छन् । यी सबैको हाल उपचार भइरहेको र ४०० बढीको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गत डिसेम्बरको अन्तिम साताबाट देखापरेको कोरोनाबाट इटलीमा सबैभन्दा धेरै १३ हजार १ सय ५५ मानिसको ज्यान गएको छ । त्यहाँ अझै पनि हजारौं संक्रमित कोरोनासँग जुधिरहेका छन् । त्यसैगरी, स्पेन, अमेरिकालगायतका देशहरूमा पनि कोरोना महामारी फैलिरहेको छ ।

Related News

औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
  • २०७६ चैत्र २०

दिपायल – नेपाल औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा हिक्मत सिंह...

TOP