२०८३ असार १०, बुधबार
June 24, 2026, Wednesday

अफगानिस्तानमा थप ८० लाख मानिस भोकमरीको चपेटामा

अफगानिस्तानमा थप ८० लाख मानिस भोकमरीको जोखिममा रहेको भन्दै बेलायतका १५ संघसंस्थाले तत्काल मानवीय सहायताका लागि अपिल गरेका छन्। सेभ द चिल्ड्रेन, इस्लामिक रिलिफ, ब्रिटिश रेड क्रससहित पन्ध्र संघसंस्थाले अफगानिस्तानका सर्वसाधारणको जीवनरक्षाका लागि अपिल गरेका हुन्।

लामो समयको युद्धका कारण उत्पन्न परिस्थितिले अहिले पनि अफगानिस्तानका २ करोड २० लाख सर्वसाधारणले भोकमरीको सामना गरिरहेको उनीहरुले बताएका छन्। जाडो मौसममा अफगानिस्तानका ५ वर्ष मुनिका १० लाख बालबालिकाको ज्यान जानसक्ने चेतावनी ती संघसंस्थाले दिएका छन्।

करीब ३० लाख बालबालिका कुपोषणको जोखिममा रहेको जनाइएको छ। ठूलो मानवीय क्षति रोक्न र कयौं बालबालिकाको रक्षा गर्न पनि विश्व समुदायको ध्यान केन्द्रीत हुन जरुरी रहेको उनीहरुले बताएका छन्।

Related News

इजरायले विपिनका परिवारका सदस्यलाई किन लैजादै छ इजरायल ?
इजरायले विपिनका परिवारका सदस्यलाई किन लैजादै छ इजरायल ?
  • २०७८ पुष १

दिपायल, साउन २३ गते । इजरायल–हमास युद्धमा दुई वर्षदेखि बेपत्ता...

TOP