२०८२ बैशाख २९, सोमबार
May 12, 2025, Monday

रूस सहरमा आठ सय बाघ र सिंह छाडिएको हल्ला

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना महामारी कोभिड १९ को संक्रमणबाट नागरिकहरुलाई बचाउन सहरमा ८ सयको संख्यामा सिंह र बाघहरु छोडेको केही अन्तर्राष्ट्रिय मिडियाहरुले अफवाह फैलाएका छन् ।

ती मिडियाका अनुसार राष्ट्रपति पुटिनले नागरिकहरुलाई घरमा राख्नको लागि सिंह र बाघहरू सहरमा छोडेको बताएका हुन् । तस्विरमा सिंह रातको समयमा क्रसरोडमा देखिन्छ भने सडकको छेउमा पार्क गरिएका धेरै कारहरू पनि देखिएका छन् ।

तर कतिपयले यसलाई अफवाहका रूपमा लिएका छन् र फोटो रुसको नभएर दक्षिण अफ्रिकामा खिचिएकाे फोटो सन् २०१६ को भएकाे बताएका छन् । सडकमा देखिएको सिंह सुटिङको लागि छाडिएको पाल्तु सिंह भएकाे र यसकाे नाम कोलम्बस रहेकाे उनीहरूकाे तर्क छ ।

Related News

यू -१९ महिला टी २० विश्वकप : स्कटल्याण्डलाई नेपालले दियो ७४ रनको लक्ष्य
यू -१९ महिला टी २० विश्वकप : स्कटल्याण्डलाई नेपालले दियो ७४ रनको लक्ष्य
  • २०७६ चैत्र १३

बांगीस्थित युएसडी युकेएम-ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा...

TOP