२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

अब अनलाइनबाटै पुलिस रिपोर्ट, यस्तो छ रिपोर्ट लिने तरिका

पुलिस रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको नेपाल प्रहरीले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्नेछन् ।

नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको अवसर पारेर गत असोजबाटै यस्तो व्यवस्थाको सुरुवात गरेको भए पनि गत आइतबारबाट भने सेवाग्राहीको सुविधालाई ध्यान दिँदै पूर्ण रूपमा यस्तो व्यवस्था लागू गरिएको हो ।

नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले दैनिक १ हजारको संख्यामा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुलिस रिपोर्टका लागि आवेदन दिने गरेको समेत जानकारी दिए । सो संख्या दिन प्रतिदिन बढ्ने क्रममा रहेको छ । यो प्रणाली सुरु भएसँगै लाइन लगाएर पुलिस रिपोर्ट दिनसमेत अन्त्य गरिएको छ । 

यस्तो छ तरिका 

अनलाइनबाट पुलिस रिपोर्ट लिनको लागि प्रहरी रिपोर्ट लिने व्यक्तिले अब नेपाल प्रहरीको वेबसाइट लिंक https://opcr.nepalpolice.gov.np/#/login मा गएर फारम भर्नुपर्ने हुन्छ । 

वेबसाइट लिंक खुलेपछि प्रयोगकर्ता रजिस्टर गरेर आवश्यक विवरणहरु भर्नुपर्ने हुन्छ । विवरण भर्दा आफूलाई प्रहरी रिपोर्ट किन आवश्यक परेको हो भन्ने व्यहोरा समेत खुलाउनुपर्ने हुन्छ । साथै आफू पहिले कुनै आपराधिक घटनामा संलग्न भए/नभएको बारे मागिएको जवाफ समेत भर्नुपर्ने हुन्छ । 

सबै विवरण भरिसकेपछि अन्तिम चरणमा सबै विवरण देखिन्छ । भरिएका विवरण कुनै मिलेको छैन भने सच्याउन पनि सकिन्छ । त्यसपछि आफ्नो विवरण पठाएपछि रजिस्ट्रेसनको एप्लिकेशन नम्बर आउँछ । त्यसै नम्बर लिएर फारम भरेको तीन दिन पछि नेपाल प्रहरीको केन्द्रीय कार्यालयको चालचलन शाखाबाट रिपोर्टको सक्कल लिन सक्छन् । 

प्रहरीका अनुसार हार्डकपि चाहिएको खण्डमा मात्र राजधानी आउनुपर्नेछ, अन्यथा अनलाइन प्रणालीबाट भरिएको विवरणबाटै कतिपय काम गर्न सकिनेछ । 

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७६ चैत्र ५

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP