२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

प्रेस युनियन सुदूरपश्चिम क्षेत्रीय समन्वय समितिको ‘भिडियो कन्फरेन्स’

डोटी- नेपाल प्रेस युनियन सुदूरपश्चिम क्षेत्रीय समन्वय समितिले ‘भिडियो कन्फरेन्स’ मार्फत छलफल गरेको छ । युनियनको आगामी रणनीति, अहिलेको गतिविधि, कोरोना प्रभाव जस्ता विषय बस्तुमा ‘भिडियो कन्फरेन्स’ मार्फत छलफल गरेको हो ।

सुदूरपश्चिम क्षेत्रीय समन्वय समिति संयोजक लाल ऐरीको संयोजकत्व तथा नेपाल प्रेस युनियनका उपमहासचिव भिष्मराज ओझाको आथित्यतामा साढे तीन घण्टा छलफल भएको हो । ‘भिडियो कन्फरेन्स’मा युनियनका पूर्व केन्द्रीय सदस्य, अञ्चल संयोजक, पूर्व जिल्ला अध्यक्ष, युनियबाट महासंघको नेतृत्व गरेका पत्रकार महासंघका केन्द्रीय सदस्य, प्रदेशमा पत्रकार महासंघका सचिव, पदाधिकारी, जिल्लाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका जिल्ला अध्यक्ष र सचिव लगायतको सहभागिता रहेको थियो ।

यस अघि कोरोनाले सृजित लकडाउन तथा अन्य कारणले युनियनको बैठक तथा छलफल हुन सकेको थिएन । भर्चुअल बैठक महत्वपुर्ण र फलदायी भएको संयोजक ऐरीले बताए । उनले बैठकमा युनियनको रणनीति, महामारीमा मिडिया सञ्चालनको अवस्था, मिडियाकर्मीको अवस्था, स्वास्थ्य सुरक्षा, जिल्लागत गतिविधि सञ्चारकर्मी र सञ्चारमाध्यममा कोरोनाको प्रभाव, सूजना संकलनमा सम्बन्धित निकायको सहयोग, सरकारको भुमिका लगायतका बिषयबस्तुमा महत्वपुर्ण छलफल भएको बताए ।

बैठमा उठेका बिषयबस्तु, समस्या, समस्या समाधानका उपाय समेटेर प्रतिवेदन तयार गरी केन्द्रीय समतिमा पठाइने युनियले जनाएको छ ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ जेष्ठ २६

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP