काठमाडौं । सीमा विवादमा नेपाल र भारतमा गर्मागर्मी बहस भइरहेको समयमा नेपाल र भारतका ‘ह्याकर’हरु पनि सक्रिय बन्न थालेका छन् ।
नेपाल र भारतीय ह्याकरहरु साइबर आक्रमणमा उत्रेका छन् । साइबर आक्रमणलाई लिएर सुरक्षा चिन्ता व्यक्त गर्न थालिएको छ ।
नेपालले भारतीय अतिक्रमणमा परेको भूमि समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्शा जारी गरेपछि दुबै मुलुकमा बहस भइरहेको छ ।
जानकार, सञ्चारकर्मीमात्र नभई दुबै देशका ‘ह्याकर’हरु पनि यो मुद्दामा सक्रिय बन्न थालेका छन् ।
नेपाली साइटहरू ह्याक गर्दै आएको सतन नामाकरण गरिएको नेपाली ह्याकरले भारतीय सञ्चार माध्यम एबीपीन्युजको साइट ह्याक गरी ट्वीट गर्दै सार्वजनिक गरिदिएको थियो ।
यस्तै भारतीय ह्याकिर समूह ‘इण्डियन साइबर ट्रुप्स’ले पनि नेपालका केही सरकारी वेबसाइट ह्याक गरेको दावी गर्यो ।
उनीहरूले ह्याकको कारण भारत र नेपालबीचकोे सीमा विवाद हो भन्ने संंकेत गरे र नेपाललाई ‘आफ्नो नक्शा तुरुन्तै सच्याउन’ चेतावनी दिए ।
सो समूहले चार नेपाली सरकारी वेबसाइटहरूमा पनि पहुँच रहेको दाबी गर्यो ।
ह्याकरहरुको आक्रमण र सहमति भइसक्दा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो यस्ता घटनामा ध्यानाकर्षण भएको र गम्भीर रुपले नियालिरहेको प्रहरीको भनाइ छ ।
नेपाली ह्याकर र भारतीय ह्याकरहरूले एक अर्कालाई चुनौती दिँदै थप साइट ह्याक गर्ने चेतावनी दिइरहेका थिए ।
शुक्रबार मध्याह्नतिर भारतीय ह्याकर समूह इन्डियन साइबर ट्रुप्सले नेपाली ह्याकरहरुसँग छलफल भएपछि एक अर्काको देशको साइट अब ह्याक नगर्ने सहमति बनेको उल्लेख गर्दै ट्वीट गरे ।
तत्कालको लागि यो विषय साम्य भए पनि भविष्यमा यस्तो साइबर हमलाले गम्भीर रुप लिन सक्ने विज्ञहरु बताउँछन् ।
सरकारले साइबर सुरक्षालाई प्राथमिकता नदिएकोले नेपाली प्रणाली कमजोर रहेको आरोप पनि लाग्दै आएको छ ।
प्राविधिक रुपमा नेपालमा साइबर सुरक्षा कमजोर रहेकोमा विज्ञहरुको चिन्ता छ ।
सुरक्षा चूनौती बढेसँगै अनुसन्धानलाई प्रभावकारी बनाउने काम गरिरहेको प्रहरीको भनाइ छ ।
साइबर सुरक्षामा गम्भीर बन्न सरकारलाई विज्ञहरुले सुझाइरहेका छन् ।
साइबर सुरक्षामा ध्यान नदिने हो भने स्मार्ट प्रणलीमा देशलाई लैजाने उद्घोष गरिएको सरकारी कार्यशैलीले पनि ठूलो क्षति नबेहोर्ला भन्न सकिन्न । imagekhabar
डोटी । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध डोटी लगायत देशभर विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको असंवैधानिक...
डोटी– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले डाँका, लुटेरा र अपराधीको हातमा देश गएको बताएका छन् । नेपाली...
डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर गृहजिल्लाको भ्रमणमा रहेकाछन् । यस क्रममा उनलाई जिल्लाका बिभिन्न गाउँहरुमा बाजागाजा...