२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

६१ जना खरिपाटी क्वारेन्टाइनमा

काठमाण्डौं: सरकारले मलेसिया, जापानसहितका मुलुक तथा खाडी मुलुकबाट नेपाल आउन प्रतिबन्ध लगाए पनि एयर इन्डिया र थाई एयरका जहाजले शनिबार ती देशहरुबाट ६१ जना यात्रुहरु नेपाल ल्याएको छ।

सरकारले शुक्रबारदेखि लागू हुने गरी युरोपका सबै मुलुक, खाडी मुलुक, पश्चिम एसियाका सबै मुलुकहरु, जापान, मलेसिया र दक्षिण कोरियाबाट आगमन प्रतिबन्ध लगाएको थियो। यद्यपि एयर इन्डिया र थाई एयरका जहाजले सरकारको निर्देशन पालना गरेनन्।

विमानस्थल अध्यागनले ती यात्रुहरुलाई दुई साताका लागि खरिपाटीस्थित क्वारेन्टाइनमा पठाएको छ।

सरकारले चैत ९ गतेदेखि चैत १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ।

Related News

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
  • २०७६ चैत्र ८

  दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...

TOP