२०८२ कार्तिक २९, शनिबार
November 15, 2025, Saturday

मुख्यमन्त्रीलाई व्यङ्ग्य : ‘सुदूरपश्चिम प्रा.लि. प्रबन्ध निर्देशक ज्यू’

सुदूरपश्चिम- भारतसंग जोडीएका सुदूरपश्चिम प्रदेशका नाकाहरुबाट सहजै जावत भैरहेको बिषयलाई लिइएर सामाजिक सञ्जालमा मुख्यमन्त्रीलाई व्यङ्ग्य गरिएको छ । व्यङ्ग्य व्यक्तिले कोरोना भाइरसका कारण विश्व आतंकित भएको समयमा सुदूरपश्चिम प्रदेश सरकारले नाकामा रोक लगाउँन नसकेको प्रती गुनासो गरेकाछन् ।

फेसबुक प्रयोक गर्ता कृष्ण भण्डारीले आफ्नो फेसबुकमा पोष्ट गरेको सो व्यङ्ग्य भाइरल बन्दै गएको छ । पोष्टमा मुखयमन्त्री त्रिलोचन भट्टलाई ‘श्री प्रबन्ध निर्देशक भट्ट ज्यू, सुदूरपश्चिम प्रा.लि. प्रदेश नम्बर ७’ भनेर सम्बोधन गरिएको छ ।

निवेदनको बिषय ‘मन दुखेको बारे’ लेखिएको छ । निवेदनमा भनिएको छ,‘महोदय, कोभिड १९ भाइरसका कारण विश्व सँगै भारत आतंकित भएका बेला एक अविभावकको हिसाबले थुप्रै खुल्ला नाकाहरु भएको हाम्रो प्रदेशमा मानिसहरुको निर्वाध आवत जावत भैरहेको कुरा अवगत हुँदा हुँदै पनि तपाइको मौनता भङ्ग नभएको देख्दा मन दुखेको छ । भवदिय उहि सन्चो बिसन्चो सोध्ने केटो उत्तरप्रदेश धनगढी ।’

Related News

उद्योग वाणिज्य संघले भन्यो – खप्तड केबलकारका लागि सङ्कलित रकम सुरक्षित छ 
उद्योग वाणिज्य संघले भन्यो – खप्तड केबलकारका लागि सङ्कलित रकम सुरक्षित छ 
  • २०७६ चैत्र ८

दिपायल – खप्तड केबलकार निर्माणका लागि सङ्कलन गरिएको रकमका विषयमा...

TOP