२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

बलात्कारपछि हत्या गरिएकी सम्झनाका बुवामा कोरोना संक्रमण

बझाङ– बलात्कारपछि हत्या गरिएकी सम्झनाका बुवामा कोरोना संक्रमण पुष्टि छ । छोरीको बलात्कारपछि हत्या भएको थाहा पाउने वित्तिकै भारतबाट बझाङ आएका उनका बुवा विकास कामीलाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।

जिल्ला अस्पताल बझाङमा गरिएको परीक्षणमा उनका बुवामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि भएपछि उनी जिल्ला सदरमुकाम चैनपुरमा सेल्फ क्वारेन्टाइनमा बसेकाछन् ।

हत्या भएको सात दिन बितिसक्दा पनि परिवारले शव बुझ्न मानेको छैन । सम्झनाको असोज ७ गते बलात्कारपछि हत्या गरिएको थियो । घटना भएको भोलिपल्ट नै पोष्टमार्टम गरिएको सम्झनाको शव जिल्ला अस्पताल बझाङको शव गृहमा राखिएको छ ।

शव राख्ने फ्रिज नभएका कारण शव कुहिएर गन्हाउन थालेको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताए ।

Related News

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
  • २०७७ आश्विन १३

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते...

TOP