२०८३ बैशाख ५, शनिबार
April 18, 2026, Saturday
कोभिड - १९ अपडेट

सुदूरपश्चिममा थप एक जना संक्रमितको मृत्यु : मृतकको कुल संख्या २१ पुग्यो

कैलाली- सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार धनगढी–उपमहानगरपालिका–१ की कोरोना संक्रमित वृद्ध महिलाको मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार असोज १० गते कोरोना संक्रमण पुष्टि भई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार गराई रहेकी ६३ बर्षिया महिलाको सोमबार मृत्यु भएको हो ।

असोज ७ गते स्वास प्रशस्वासमा समस्या भएपछि सेतीमा भर्ना भएकी ती महिलामा असोज १० गते कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ आश्विन १२

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP