२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday
कोभिड - १९ अपडेट

डडेल्धुरा अस्पतालको परीक्षणमा २० जनामा कोरोना पुष्टि

धनगढी- डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय ८ जनाको कोरोना परीक्षण भएकोमा २० जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले बझाङका १६ र डडेल्धुराका चार जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार डडेल्धुराको अजयमेरु गाउँपालिकाका चार जना, बझाङको जयपृथ्वी नगरपालिकाका सात जना, केदारस्यू गाउँपालिकाका चार जना, मष्टा गाउँपालिकाका तीन जना, वित्थडचिर र छव्विसपाथिभेरा गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।

Related News

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
  • २०७७ आश्विन ५

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते...

TOP