२०८३ बैशाख ५, शनिबार
April 18, 2026, Saturday
नेपालमा कोरोना

शनिबार १२०४ जना संक्रमित थपिए : कुल संक्रमित संख्या ६२७९७ : १७१२९ सक्रिय संक्रमित

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या ६२ हजार ७९७ पुगेको छ।

आज सक्रिय संक्रमितको संख्या १७ हजार १२९ छ। जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार १५३ जना र होम आइसोलेसनमा ७ हजार ९७६ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा १० हजार ३३३ जनाको आरटी पीसीआर नमुना परीक्षण गरिएको छ। योसहित नेपालमा हालसम्म ९ लाख ४ हजार ७०६ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

हाल ७ हजार ७३५ जना विभिन्न क्वारेन्टिनमा बसिरहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १ हजार ४४७ छ।

योसहित आजसम्म ४५ हजार २६७ जना संक्रमणमुक्त भइसकेका छन्।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ आश्विन ३

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP