काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यसअघि सोमबार धुम्बराहीस्थित ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको थियो । तर, रि–कन्फर्मका लागि टेकुमा फेरि परीक्षण गरिएको थियो ।
महामन्त्री कोइरालानिकट स्रोतले पनि स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको छ । तर, निजी सचिवालयले भने कोरोना संक्रमणका बारेमा आधिकारिक जानकारी दिएको छैन ।
सोमबार ज्वरो आएपछि कोरोनाको आशंकामा महामन्त्री डा. कोइरालाको स्वाब ह्याम्समा र परिवारसहित सुरक्षाकर्मीलगायत १९ जनाको स्वाब स्टार अस्पतालमा परीक्षणका लागि दिइएको बताइएको छ ।
दिपायल – कञ्चनपुरमा नाबालिकामाथि बलात्कार गरेको आरोपमा अनाथालयका प्रमुख पक्राउ...