२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

कञ्चनपुरमा उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन

कञ्चनपुर- कञ्चनपुरको महाकाली नगरपालिकामा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली परिचालन भएको छ ।

केही दिन अघि उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ ।

शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना सङ्कलन गरी जाँचका लागि काठमाडौं पठाएको छ ।

दुई साताको अवधिमै उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि टोली सङ्क्रामक रोगबारे अनुसन्धान गर्न महाकाली पुगेको निर्देशनालयका भेक्टर कन्ट्रोलर हेमराज जोशीले बताए । उनका अनुसार जापानीज इन्सेफ्लाइटिस वा मेनेन्जाइटिसको आशंकामा १० जनाको रगतको नमूना सङ्कलन गरी जाँचका लागि काठमाडौं प्रयोगशालामा पठाइएको छ ।

उच्च ज्वरो आएका तीन बिरामीको दोधारा प्राथमिक स्वास्थ्य केन्द्र र दुईको घरमै उपचार भइरहेको छ । स्वास्थ्य केन्द्रका डा. गगन चौधरीका अनुसार उच्च ज्वरोसँगै मौसमी ज्वरोका बिरामीको चाप बढेको छ । निर्देशनालयको टोलीमा निर्देशनालयका भेक्टर कन्ट्रोलर जोशी, स्वास्थ्य कार्यालय कञ्चनपुरका सिद्धराज जोशी र दुईजना दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी रहेका छन् ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ भाद्र १४

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP