२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

नारायणी एफएमका ५ जना सञ्चारकर्मीमा कोरोना संक्रमण

पर्सा– वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएमका ५ जना सञ्चारकर्मीसहित पर्सामा एकैदिन १२० जना संक्रमित थपिएका छन्। संक्रमित हुनेमा ८८ जना पुरुष र ३२ महिला छन्।

नारायणी अस्पतालको पीसीआर ल्याबका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा ७ जना, वडा नम्बर ३ को छपकैया बजार टोलमा ३ जना, वडा नम्बर ७ रामटोलमा २ जना, वडा नम्बर ८ पानीटंकी तथा गहवामा ७ जना, वडा नम्बर ९ रानीघाटमा ४ जना संक्रमित थपिएका छन्।

त्यसैगरी वडा नम्बर ११ श्रीपुरमा २ जना, मुर्ली–१२ मा ७ जना, राधेमाई र नयाँटोल वडा नम्बर १३ मा १० जना, वडा नम्बर १४ पिपरा र गण्डकमा १८ जना, वडा नम्बर १५ भिष्वामा ३ जना, नगवा १६ मा १२ जना, हरपतगन्ज वडा नम्बर २० मा ४ जना, वडा नम्बर २६ सुगौलीमा ६ जनामा संक्रमण पुष्टि भएको छ।

जिल्लाको ग्रामीण भेगका गाउँपालिकाहरुमा भने विन्दवासनी गाउँपालिका वडा नम्बर ४ मा ९ जना र पर्सागढी नगरपालिका वडा नम्बर ८ मा ३ जना संक्रमित थपिएको नारायणी अस्पतालले जनाएको छ ।

आज संक्रमितमध्ये पर्सागढी नगरपालिका वडा नम्बर ४ विर्ता, ५ रेश्म कोठी, ६ मेनरोड, १० आदर्शनगर, २२ मनियारी, २४ रामगढवा, २९ वसडिलवा, ३१ बेलवा र जिराभवानी गाउँपालिका वडा नम्बर १, जगरनाथपुर गाउँपालिका ४, विन्धवासनी गाउँपालिका वडा नम्बर ३ र बहुदरमाई नगरपालिकामा एक–एक जना रहेको अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी दिए।

नारायणी अस्प्ताल ल्याबका अनुसार अन्य जिल्लाका ३७ जनासमेत संक्रमित थपिएका छन्।

Related News

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
  • २०७७ भाद्र ७

धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...

TOP