
डोटी- डोटीमा कोरोना संक्रमितको संख्या आठ सय ४५ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार संक्रमितमध्य सात सय ३७ जना डिस्चार्ज भएका छन् भने एक सय ८ जना आइसोलेसनमा रहेकाछन् ।
जिल्लामा जेठ १९ गते पहिलो पटक शिखर नगरालिकाका एक पुरुषमा कोरोना संक्रमित पुष्टि भएको थियो ।
स्वास्थ्य कार्यालय डोटीका अनुसार सबैभन्दा बढी शिखर नगरपालिकाका दुई सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सबैभन्दा कम बडिकेदार गाउँपालिकाका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आदर्श गाउँपालिकामा संक्रमितको संख्या एक सय ९० पुगेको छ । हालसम्म पूर्वीचौकी गाउँपालिकाका एक सय ४८ जना, दिपायल सिलगढी नगरपालिकाका एक सय एक जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सायल गाउँपालिकाका ७४ जना, जोरायल गाउँपालिका २६ जना, बोगटान फुड्सिल गाउँपालिकाका २६ र केआईसिंह गाउँपालिकाका १६ जनामा कोरोना पुष्टि भैसकेको छ ।
शिखर नगरपालिकाका दुई सय ५१ जना संक्रमित मध्य एक सय ९३ जना डिस्चार्ज भएका छन् भने ५८ जना क्वारेण्टाइन तथा आइसोलेसनमा रहेका छन् । आदर्श गाउँपालिकाका एक सय ९० जनामध्य एक सय ७२ डिस्चार्ज भएका छन् भने बाँकी १८ जना आइसोलेसनमा रहेका छन् । पूर्वीचौकी गाउँपालिकाका संक्रमित एक सय ४८ जना सबै डिस्चार्ज भएका छन् ।
दिपायल सिलगढी नगरपालिकाका एक सय एक जना संक्रमितमध्य ८० जना संक्रमित डिस्चार्ज भएका छन् भने २१ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै सायल गाउँपालिकाका ७४ जना संक्रमितमध्य ७२ जना संक्रमित डिस्चार्ज भएका छन् भने दुई जना आइसोलेसनमा छन् । जोरायल गाउँपालिका २६ संक्रमितमध्य २० जना संक्रमित डिस्चार्ज हुनुका साथै ६ जना आइसोलेसनमा छन् । बोगटान फुड्सिल गाउँपालिकाका सबै २६ संक्रमित डिस्चार्ज भैसकेका छन् ।
केआईसिंह गाउँपालिकाका १६ जना संक्रमित मध्य १३ जना डिस्चार्ज भएका छन् भने बाँकी ३ जना आइसोलेसनमा रहेकाछन् । बडिकेदार गाउँपालिकाका १३ जना सबै संक्रमित डिस्चार्ज भएका छन् ।

धनगढी, फागुन २३ गते । पूर्वमन्त्री प्रेम आले प्रतिनिधि सभा...