२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

बयलपटा अस्पताल सिल

अछाम- अछामको बयालपाटा अस्पतालले परिक्षणका लागि स्वाब पठाएका मध्य २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै पटक धेरै जनामा कोरोना संक्रमण देखा परेपछि बयलपाटा अस्पतालमा आज ९शुक्रवार० देखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन्

अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर बिकास गौचनले अस्पतालका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको बताए । ‘जीवन रक्षाका लागि अति आवश्यक बाहेकका सबै सेवा आजैबाट बन्द गरेका छौं ।’ मेडिकल डाइरेक्टर गौचनले भने ‘अवस्था सुधार नहुदासम्म बन्द नै रहन्छ ।’

डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा अस्पतालका १९ कर्मचारी, तीन जना बिरामी, ५ जना प्रहरी र १ जना स्वास्थयकर्मीका परिवारमा कोरोना पुष्टि भएको हो ।

अस्पतालको कोरोना पुष्टि हुनेमा प्रयोगशालाका ५ सहित १९ जना रहेका अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर बिकास गौचनले बताए । कोरोना पुष्टि हुनेमा पाँच जना साफेबगरमा कार्यरत प्रहरी रहेका छन् । अस्पतालमा कार्यरत एक जनाको परिवारमा पनि कोरोना पुष्टि भएको छ ।

अस्पतालले ७९ जनाको स्वाब संकलन गरेर परिक्षणका लागि पठाएको थियो । केही समय अघि अस्पतालकै एक कर्मचारीमा कोरोना पुष्टि भएपछि अस्पतालले कन्टयाक्ट ट्रेसिङ गरेर ७९ जनाको स्वाब परिक्षणका लागि पठाएको थियो ।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७७ भाद्र ५

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP