२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026, Friday

नेपालले चाहे कोरोनाविरूद्धको भ्याक्सिन छिट्टै उपलब्ध गराउन पहल गर्छु: रूसी राजदूत


नेपालका लागि रूसी राजदूत एलेक्सी नोभिकभ कोरोनाभाइरसविरूद्ध आफ्नो देशले बनाएको भ्याक्सिन नेपाललाई दिन पहल गर्न बताएका छन्।

मंगलबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गर्दै राजदूत नोभिकभले रूसले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अर्डर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने बताएका हुन्।

‘रसियाले तयार पारेको भ्याक्सिन नोभेम्बरमा विश्वबजारमा आउनेछ। नेपाललाई प्राथामिकतामा राखेर उपलब्ध गराउन सकिन्छ,’ राजदूत नोभिकभले भने।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा मंगलबार भएको भेटमा दुई देशको कूटनीतिक सम्बन्ध, संसदीय सम्बन्ध, कोरोना प्रभाव,  पूर्वाधार विकास, व्यापार र लगानीको साझेदारीलगायतका विषयमा कुराकानी भएको थियो।

Related News

शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
  • २०७७ भाद्र २

दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका...

TOP