२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

अछाममा कोरोना संक्रमित गर्भवतीले स्वस्थ शिशु जन्माइन्

कोरोना भाइरस संक्रमण भएर उपचारका क्रममा रहेकी गर्भवतीले स्वस्थ शिशु जन्माएकी छन्।

अछाम अस्पतालको आइसोलेसनमा रहेकी मेल्लेख गाउँपालिका–४ कुष्कोटकी २५ वर्षीया कोरोना संक्रमित महिलाले अस्पतालमै बच्चा जन्माएकी हुन्।

सुत्केरीका पति पनि कोरोना संक्रमित भएर उपचारका क्रममा सोही अस्पतालको आइसोलेसन कक्षमा छन् ।

महिलाले सामान्य रुपमै बच्चालाई जन्म दिएको अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ट डाक्टर मनोज विष्टले जानकारी दिए।

कोरोना संक्रमण हुने डरले आमा र बच्चालाई दूध चुसाउने समयबाहेक अलग्गै राखिएको अस्पतालले जनाएको छ। ‘दूध चुसाउने बेलामा सुत्केरीले स्तन राम्रोसँग धुने, मास्क र पञ्जा लगाउने गरिएको छ,’ विष्टले भने,‘ आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य भए पनि उच्च निगरानीमा राखिएको छ।’

नवजात शिशुमा कोरोना संक्रमण भए नभएको जाँच्न केही दिनमा थ्रोट स्वाब परीक्षणका लागि पठाउने अस्पतालले जनाएको छ।

गर्भवती असार ४ गतेबाट अछाम अस्पतालको आइसोलेसन कक्षमा थिइन्। संक्रमित दम्पती भारतबाट आएर वडाकै क्वारेन्टिनमा बसेपछि थ्रोट स्वाब परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो।

Related News

प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश
प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश
  • २०७७ असार २६

दिपायल- प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रभावकारी न्याय सम्पादन गर्नु आफ्नो...

TOP