२०८२ कार्तिक २२, शनिबार
November 8, 2025, Saturday

डोटीका स्वास्थ्यकर्मिमा कोरोना पुष्टि

तिर्थराज भट्ट

जोरायल – कैलालीको धनगढी घर भई हाल डोटीको जोरायल गाउँपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । धनगढी उप–महानगरपालिकाकी ३१ बर्षीय अनमीमा कोरोना पुष्टि भएको हो ।

जोरायल गाउपाउपालिकाको‘प्राथमिक स्वास्थ्य केन्द्रमै काम गर्दै आएकी थिए,’ उनले भनिन्, ‘कोरोना पुष्टि भएपछि धनगढी आएर होम आईसोलेसनमा बसेकी छु। कोरोनाको लक्षण भने देखिएको छैन।’

उनी डोटीको जोरायल गाउँपालिका वडा नम्वर ३ मा रहेको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छन । असार २१ गते आइतबार जिल्ला अस्पताल डोटीबाट उनको स्वाव संकलन गरि धनगढी पठाईएकोमा उनमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीले जानकारी दिए ।

संक्रमण पुष्टी भएकी स्वास्थ्यकर्मीको कन्ट्रयाक्ट ट्रेसिङ् गरी बिहिबार २२ जनाको स्वाव संकलन गर्दै पिसिआर परीक्षणका लागि डडेल्धुरा पठाईएको जोरायल गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गोबिन्द बिष्टले वताए ।

स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि विहिबारदेखि सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रले सेवा बन्द गरेको छ। जोरायल गाउँपालिकामा हालसम्म १८ जनामा कोरोना संक्रमण पुष्टि भएका छन भने १७ जना घर फर्किसकेका छन ।

Related News

आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
  • २०७७ असार २६

दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...

TOP