२०८२ माघ २४, शनिबार
February 7, 2026, Saturday

डोटीमा कोरोना संक्रमितको संख्या ३९८ पुग्यो : ६९७ जनाको रिपोर्ट आउँन बाँकी

डोटी । डोटीका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परिक्षणबाट डोटीका १४ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय डोटीका अनुसार सोमबार पुर्वीचौकी गाउँपालिका वडा नं. २ का एक र तीन वर्षीया दुई बालिका, दुई वर्षीय बालक र ६ जना पुरुष गरी ९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै आदर्श गाउँपालिका वडा नं. ४ का एक महिला र वडा नं. ६ का एक पुरुष गरी दुई जनामा संक्रमण पुष्टि भएको छ । आजै केआईसिंह गाउँपालिका वडा नं. ४ का २/२ वर्षीय बालिका र एक पुरुष गरी तीन जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या तीन सय ९८ पुगेको छ । जिल्लाका नौ वटै स्थानीय तहमा संक्रमण फैलिएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । पुष्टि भएका संक्रमित मध्य ७३ प्रतिसत पुरुष छन् भने २७ प्रतिसत महिला रहेका छन् ।

सबै भन्दा बढी पूर्वीचौकीमा एक सय २६ जना, शिखर नगरपालिकामा ६८ जना, दिपायल सिलगढी नगरपालिकामा ६८ जना, आदर्श गाउँपालिकामा ५८ जना, बोगटान गाउँपालिकामा २४ जना, सायल गाउँपालिकामा १७ जना, जोरायल गाउँपालिकामा १७ जना, बडिकेदार गाउँपालिकाका १३ जना र केआईसिंह गाउँपालिकाका ७ जना गरी तीन सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अहिले सम्म जिल्लाबाट दुई हजार पाँच सय १७ जनाको पिसिआरका लागि थ्रोट स्वाब संकलन गरिएको थियो । जसमध्य एक हजार आठ सय २० जनाको रिपोर्ट आएकोमा तीन सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वाब संकलन गरिएका ६९७ जनाको अझै रिपोर्ट आउँन बाँकी रहेको छ ।

हालसम्म जिल्लामा भारतबाट १४ हजार चार सय एक जना भित्रिएका थिए । ति मध्य हाल एक हजार पाँच सय ३८ जना क्वारेण्टाइनमा रहेका छन् भने अन्य घर फर्किसकेका छन् ।

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०७७ असार १५

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP