२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

सुदूरपश्चिममा आज मात्रै थपिए १९७ जना कोरोना संक्रमित


धनगढी-सुदूरपश्चिम प्रदेशमा आज थप १ सय ९७ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार बाजुरामा २८ महिला र ७० पुरुष गरि ९८ जना, डोटीमा १७ महिला र ५२ पुरुष गरि ६९ जना,कैलालीमा ८ महिला र २२ पुरुष गरि ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आज देखिएका संक्रमितहरुमा त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा बाजुराका २० महिला र ४६ पुरुष, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा बाजुराका ८ महिला २४ पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसैगरी मन्त्रालयका अनुसार आज नै सेती प्रादेशीक अस्पताल धनगढीको प्रयोगशालामा भएको परिक्षणमा कैलालीका ८ महिला र २१ पुरुष गरि २९ जना र डोटीका १७ महिला र ५२ पुरुष गरि ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

साथै आज नै चितवन अस्पतालमा गरिएको परिक्षणमा कैलालीका १ जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार चार सय ३५ पुगेको छ।

Related News

नेपाल र चीनबीच १२ बुँदे सम्झौता
नेपाल र चीनबीच १२ बुँदे सम्झौता
  • २०७७ असार १५

काठमाडौ – नेपाल र चीनबीच विभिन्न विकास परियोजनाअन्तर्गत १२ वटा...

TOP