२०८० मंसिर २२, शुक्रबार
December 8, 2023, Friday

डोटीमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश : भारतबाट आएका व्यक्तिका आफन्तमा देखियो संक्रमण

डोटी- डोटीमा भारतबाट आएका व्यक्तिबाट आफन्तलाई कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । यससँगै डोटीमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ ।

संक्रमण दोस्रो चरणमा प्रवेश गर्नु भनेको स्थानीय व्यक्ति संक्रमित हुनु हो । भारतबाट फर्किएका शिखर नगरपालिका वडा नं. ३ आलीका तीन युवककी २५, ३१ र ३३ वर्षीया श्रीमतीमा संक्रमण सरेको शुक्रबार पुष्टि भएको हो । यो पुष्टिसँगै डोटीमा कोभिड–१९ संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ ।

डोटीमा यसअघि भारतबाट आएकामा मात्र संक्रमण देखिएको थियो । जिल्लामा पहिलोपटक भारतबाट आएका युवकमा जेष्ठ १९ गते संक्रमण पुष्टि भएको थियो । क्वारेण्टाइनबाट घर गएको दुई दिन पछि पिसिआर रिपोर्ट पोजेटिभ आएका १५ जनाको पहिलो सम्पर्कमा आएका संक्रमितका १५ जना आफन्तको स्वाब संकलन गरि पठाइएको थियो । जसमध्य यस अघि पाँच जना संक्रमितको सम्पर्कमा आएका आफन्त पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ भने तीन जना संक्रमितको पहिलो सम्पर्कमा आएका उनिहरुका तीन जना श्रीमतीको पिसिआर नतिजा पोजेटिभ आएको छ । त्यस्तै पाँच जना संक्रमितको पहिलो सम्पर्कमा आएका पाँच जनाको रिपोर्ट आउँन बाँकी छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमण भएको १० दिन सम्म लक्षण नदेखिएका संक्रमितले अरुमा भाइरस सार्न नसक्ने शिखर नगरपालिकाका स्वास्थ्य इकाई प्रमुख हरिश शाहले बताए । संक्रमण भएको १२ दिन अघि नै लुकिचोरी परिवारको सम्पर्कमा आएको भए संक्रमण सरेको हुनसक्ने शाहले बताए ।

संक्रमित क्वारेण्टाइनमा बसेका समयमा खाना पु¥याउने, भेटघाट गर्ने, सामान वसार–पसार गर्ने, पैंसा आदान–प्रदान गर्ने कार्यमा संलग्न भएको अवस्था र क्वारेण्टाइनमा बसेका संक्रमितबाट त्यहि बसेका अर्को व्यक्तिमा घर जानेबेला भाइरस सरेको अवस्थामा मात्रै संक्रमितको सम्पर्कमा आएका व्यक्तिमा भाइरस सर्ने सम्भावना हुने चिकित्सकहरु बताउँछन् ।

डोटीमा भने भारतबाट आएको १९ दिन क्वारेण्टाइनमा बसेर घर फर्किएका व्यक्तिबाट उनिहरुका आफन्तमा संक्रमण सरेको छ । १९ दिन क्वारण्टाइनमा बसेर घर फर्किएको तीन दिन पछि मात्रै आफुमा कोरोना संक्रमण छ भनेर जानकारी पाएका संक्रमितहरु घर परिवार, समुदायमा घुलमिल भैसकेको बताउँछन् । गाउँमा संक्रमित र उनिहरुका परिवारको सम्पर्कमा आएकाहरु त्रसित बनेका छन् भने संक्रमितमा अहिले सम्म कुनै लक्षण नदेखिएका कारण संक्रमित र उनिहरुका परिवारले कोरोना भाइरसको संक्रमण छ भन्ने विश्वास समेत गर्न सकेका छैनन् ।

पिसिआर रिपोर्ट ढिलो आउँदा जोखिम बढ्यो

भारतबाट आएर क्वारेण्टाइनमा बसेकाहरुको पिसिआर रिपोर्ट ढिलो आउँदा कोरोना संक्रमणको जोखिम बढेको पाइन्छ । रिपोर्ट नै ढिलो आएपछि समुदायमा संक्रमणले जरा गाढेको छ ।

जेठ १२ गते देखि एउटै क्वारेण्टाइनमा बसेका २६ जना मध्य १६ जनामा कोरोना संक्रमण भएको रिपोर्ट असार १ गते मात्रै आएको थियो । सोही समुहका एक जनामा भने १९ गते नै कोरोना पुष्टि भएको थियो । श्रीमती र छोरी सहित भारतबाट फर्किएका उनका छोरीलाई ज्वरो आएपछि जेठ १५ गते जिल्ला अस्पताल भर्ना गरिएको थियो । १९ गते ती पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो भने उनका छोरा र श्रीमतीको रिपोर्ट नेगेटिभ आएको थियो । उनि डोटी जिल्लाका पहिलो संक्रमित थिए ।

उनको ‘कन्टयाक्ट ट्रेसिङ’का आधारमा जेठ २० गते उनि संगै आएका र एउटै क्वारेण्टाइनमा बसेकाहरुको ‘थ्रोट स्वाब’ संकलन गरेर परीक्षणका लागि धनगढीस्थित कोरोना प्रयोशालामा पठाइयो । जेठ २० गते स्वाब संकलन गरी परीक्षणका लागि पठाएकाहरुको असार १ गते १३ दिन पछि मात्रै रिपोर्ट आयो । जसमध्य १५ जनामा कोरोना पुष्टि भयो । भारतबाट आएपछि क्वारेण्टाइनमा १९ दिन विताइसकेका उनिहरु घर जान हतारिए र होम क्वारेण्टाइनमा बस्ने गरी घर पठाइयो । रिपोर्ट नआउन्जेल होम क्वारेण्टाइनमा बस्न भने पनि उनिहरु घरमा सबै संग घुलमिल भए । आफुहरु रिपोर्ट आउँनुअघि घरायसी काम देखि गाउँलेसँग सम्पर्कमा गैसकेको उनिहरु बताउँछन् ।

संक्रमितमा लामो समय सम्म स्वास्थ्य समस्या नदेखिए पछि रिपोर्टको पर्खाइमा बसेका संक्रमित उनिहरुका आफन्त र गाउँले समेत कोरोना छैन भन्नेमा ढुक्क भए । नयाँ संक्रमितहरु स्थानीय बासीको सम्पर्कमा गैसकेको बुझिएको छ । मेलापात खेतीपातीको काम गर्दा समुदायमा पनि संक्रमण फैलिएको हुन सक्ने भएकाले सो गाउँका सबैको पिसिआर परिक्षण हुनु पर्ने स्थानियको माग छ ।

डोटीमा अहिले सम्म भारतबाट आएकाहरुको मात्रै पिसिआर परिक्षण गर्न सकिएकाले अहिले सम्म समुदायमा संक्रमण छ छैन भन्ने यकिन हुन नसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । भारतबाट आएका व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण भएको पहिलो घटना भएको बताउँदै मलासीले उनिहरुको ‘कन्टयाक्ट ट्रेसिङ’का आधारमा पहिलो सम्पर्कमा आएका व्यक्तिको पिसिआर परिक्षण गरिने बताए ।

डोटीमा यो समाचार तयारपार्दा सम्म संक्रमितको संख्या दुई सय ५५ पुगेको छ । शनिबार आज मात्रै डोटीका थप ४० भन्दा बढीमा संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ असार १३

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP