२०८२ माघ १, बिहीबार
January 15, 2026, Thursday

कोरोनाको लक्षण हुने संक्रमित २ प्रतिशत मात्र

नेपालका हालसम्मका कोरोना संक्रमित मध्ये २ प्रतिशतमा मात्र कोरोनाका लक्षण देखिएका छन् ।

कोरोना संक्रमित ९८ प्रतिशत व्यक्तिमा कोरोनका लक्षण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह आयोजना गरेको प्रेस ब्रिफिंगमा इमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।वासुदेव पाण्डेले दिएको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म ९ हजार २६ जना संक्रमित पुगेका छन् । यसको दुई प्रतिशत एक सय ८० जना हुन्छ । अर्थात कूल संक्रमितमध्ये झन्डै दुई सयको संक्रमितमा मात्र लक्षण देखिएको छ ।

नेपालका कूल संक्रमित मध्य ९५ प्रतिशत विदेशबाट आएका छन् । त्यसमा पनि भारतबाट आएका सबै भन्दा धेरै रहेको निर्देशक पाण्डेले बताए । विदेशबाट आएका व्यक्तिमा मात्र कोरोना देखिएकाले समुदायस्तरमा कोरोना फैलिनबाट जोगिएको महाशाखाले जनाएको छ ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७७ असार ८

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP