नेपालका हालसम्मका कोरोना संक्रमित मध्ये २ प्रतिशतमा मात्र कोरोनाका लक्षण देखिएका छन् ।
कोरोना संक्रमित ९८ प्रतिशत व्यक्तिमा कोरोनका लक्षण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह आयोजना गरेको प्रेस ब्रिफिंगमा इमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।वासुदेव पाण्डेले दिएको जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म ९ हजार २६ जना संक्रमित पुगेका छन् । यसको दुई प्रतिशत एक सय ८० जना हुन्छ । अर्थात कूल संक्रमितमध्ये झन्डै दुई सयको संक्रमितमा मात्र लक्षण देखिएको छ ।
नेपालका कूल संक्रमित मध्य ९५ प्रतिशत विदेशबाट आएका छन् । त्यसमा पनि भारतबाट आएका सबै भन्दा धेरै रहेको निर्देशक पाण्डेले बताए । विदेशबाट आएका व्यक्तिमा मात्र कोरोना देखिएकाले समुदायस्तरमा कोरोना फैलिनबाट जोगिएको महाशाखाले जनाएको छ ।
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...
काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो। अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...