२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

धनगढी प्रयोगशालामा डोटीका थप ११ जनामा कोरोना पुष्टि : कुल संख्या १३३ पुग्यो

डोटी- शनिबार धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा डोटीका थप १० जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा डोटीका थप ११ जनामा आजै कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

यस अघि आजै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणका क्रममा डोटीका नौँ महिला र ५२ पुरुष गरी ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो संगै शनिबार मात्रै डोटीका ७२ जनामा कोरोना पुष्टि भएको छ । यस अघि डोटीका ६१ जनामा कोरोना पुष्टि भएको थियो । योे संगै डोटीमा कोरोना संक्रमितको कुल संख्या एक सय ३३ पुगेको छ ।

संक्रमित एक सय ३३ जना मध्य ४ जना जिल्ला बाहिर रहेका छन् भने ३४ जना डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ असार ६

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP