डोटी- धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा शनिबार थप ६९ जनामा कोरोना पुष्टि भएको छ ।
कैलालीका २४, डडेल्धुराका २७, डोटीका ११, अछामका २, वैतडीका २ बझाङका २ र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

सुदूरपश्चिममा शनिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा ९२ र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालमा दुई जनामा कोरोना पुष्टि भएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा डोटीका ९ महिला र ५२ पुरुष गरी ६१ जना, बैतडीका १८ पुरुष, डडेल्धुराका ५ महिला र सात पुरुष गरी १२ जना र कैलालीका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । यस्तै शिक्षण अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको उनले बताए ।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ सय ४८ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीका दुई सय २९, डडेल्धुरामा एक सय ७१, बैतडीमा एक सय ४०, डोटीमा एक सय ३३, कञ्चनपुरमा ९७, अछामका ७६, बाजुराका ७०, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय २४ जना निको भएर घर फर्किसकेका छन्।
दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...