२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday

असार १५ गतेभित्र दैनिक १० हजारको पिसिआर परीक्षण : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेभित्र प्रत्यक दिन १० हजारका दरले पिसिआर परीक्षणको दायरा बढाइने बताएका छन्।

शनिबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले निजी क्षेत्रको सहयोगमा १० हजार परीक्षण गर्न सकिने बताएका हुन्।

‘अहिले भएकामा जनशक्ति थपेर, २४सै घण्टा सञ्चालन गरेर र निजी क्षेत्रको सहयोगमा १० हजार परीक्षण गर्न सकिन्छ’, उनले भने। उनले निजी क्षेत्रबाट प्रतिदिन ३ हजार परीक्षण गर्न सकिए १० हजार परीक्षण गर्न सकिने बताए।

यस्तै मन्त्री ढकालले प्रत्येक प्रदेशमा हरेक दिन १ हजारसम्म स्वाब परीक्षण गर्न सकिने गरी स्तरवृद्धि गरिने बताए।

Related News

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
  • २०७७ असार ६

  दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...

TOP