२०८३ कार्तिक ८, शनिबार
October 24, 2026, Saturday

असार १५ गतेभित्र दैनिक १० हजारको पिसिआर परीक्षण : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेभित्र प्रत्यक दिन १० हजारका दरले पिसिआर परीक्षणको दायरा बढाइने बताएका छन्।

शनिबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले निजी क्षेत्रको सहयोगमा १० हजार परीक्षण गर्न सकिने बताएका हुन्।

‘अहिले भएकामा जनशक्ति थपेर, २४सै घण्टा सञ्चालन गरेर र निजी क्षेत्रको सहयोगमा १० हजार परीक्षण गर्न सकिन्छ’, उनले भने। उनले निजी क्षेत्रबाट प्रतिदिन ३ हजार परीक्षण गर्न सकिए १० हजार परीक्षण गर्न सकिने बताए।

यस्तै मन्त्री ढकालले प्रत्येक प्रदेशमा हरेक दिन १ हजारसम्म स्वाब परीक्षण गर्न सकिने गरी स्तरवृद्धि गरिने बताए।

Related News

सेती नदी किनारमा युवकको शव फेला
सेती नदी किनारमा युवकको शव फेला
  • २०७७ असार ६

दिपायल – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक...

TOP