२०८२ जेष्ठ ३०, शुक्रबार
June 13, 2025, Friday

शनिवार सुदूरपश्चिममा थप ९४ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा शनिवार थप ९४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२ र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालमा दुई जनामा गरि ९४ जनामा कोरोना पुष्टि भएको हो ।

पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा डोटीका नौँ महिला र ५२ पुरुष गरी ६१ जना, बैतडीका १८ पुरुष, डडेल्धुराका ५ महिला र सात पुरुष गरी १२ जना र कैलालीका एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै शनिवार नै शिक्षण अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका दुई सय पाँच, डडेल्धुरामा एक सय ४४, बैतडीमा एक सय ३८, डोटीमा एक सय २२, कञ्चनपुरमा ९६, अछामका ७४, बाजुराका ७०, बझाङमा १९ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय २४ जना निको भएर घर फर्किसकेका छन्।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ असार ६

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP