२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटीका ६१ जनामा कोरोना संक्रमण : कुन स्थानीय तहका कति ?

डोटी- शुक्रबार डोटीका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा १५ जना र धनगढी प्रयोगशालाको परिक्षणमा ४ गरि १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शिखर नगरपालिका वडा नं. १ कपल्लेकीका १३ जना पुरूष, एक जना महिला, बडिकेदार गाउँपालिका वडा नं. २ का एक जना र वडा नं. ५ का ३ जना पुरुष र जोरायल गाउँपालिका एक जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

यो संगै डोटीमा संक्रमितको संख्या ६१ पुगेको छ । संक्रमित ६१ जना मध्य ४ जना जिल्ला बाहिर कैलालीमा रहेका छन् भने ५७ जना जिल्ला भित्रै रहेका छन् ।

सबै भन्दा बढी शिखर नगरपालिकाका ३२ जना, दिपायल लिगढी नगरपालिकाका ७ जना, पूर्वीचौकी गाउँपालिकाका ६ जना, बडीकेदार गाउँपालिकाका ४ जना, सायल गाउँपालिकाका ३ जना, आदर्श गाउँपालिकाका २ जना र जोरायल गाउँपालिकाका ३ जना गरि ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै केआइसिंह गाउँपालिका ठेगाना भएका ४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनिहरु कैलाली स्थित गौरीगंगा नगरपालिकामा रहेका छन् ।

डोटीमा रहेका ५७ जना संक्रमित मध्य सायल गाउँपालिकाका एक जना र दिपायल सिलगढी नगरपालिकाका दुई जना जिल्ला अस्पतालको आइसोलेसनमा छन् भने ५४ जना संक्रमित सम्बन्धित स्थानीयतहमा छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ असार ५

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP