२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६१७ पुग्यो : थप २४ जनामा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिममा थप २४ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालमा भएको परीक्षणमा तीन महिला र २१ पुरुष गरी थप २४ जनामा कोरोना पुष्टि भएको हो।

कञ्चनपुरका २०, कैलालीका तीन र अछाम जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। 

आज मात्रै यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई सय १३ र बाँकेमा भएको परीक्षणमा एक जना गरी थप दुई सय १४ जनामा कोरोना पुष्टि भएको थियो।

डडेल्धुरा, बैतडी, कैलाली, बाजुरा र अछाम जिल्लामा थप दुई सय १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका थिए। 

अछामका ११ महिला र ३१ पुरुष गरी ४२ जना, बैतडीका २ महिला र २३ पुरुष गरी २५ जना, बाजुरामा १५ महिला र २६ पुरुष गरी ४१ जना, डडेल्धुराका ७ महिला र ७७ पुरुष गरी ८४ जना, कैलालीमा २ महिला र १९ पुरुष २१ जनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना पुष्टि भएको उनले बताएका थिए।

यस्तै बाँकेको एक प्रयोगशालामा कैलालीकै थप एक जनामा कोरोना पुष्टि भएको थियो।  यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ सय १७ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक सय ४९ जना, कञ्चनपुरमा ९५, डडेल्धुरामा एक सय २३, डोटीका ४२, बैतडीमा ५२, अछामका ६७, बाजुराका ६२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका चार जनाको मृत्यु भईसकेको छ भने ८१ जना निको भएर घर फर्किसकेका छन्।dineshkhabar

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७७ असार ४

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP