धनगढी – कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको लम्की अस्पताल अनिश्चिकालका लागि बन्द गरिएको छ । आफ्नोमा उपचार गरि रेफर बिरामीमा मृत्युपछि कोरोना पुष्टि भएसँगै लम्की अस्पतालले अनिश्चितकालका लागि सम्पूर्ण सेवा बन्द गरेको हो ।
अस्पतालले बिहीबार सूचना जारी अर्को सूचना नआउँदासम्मका सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ । लम्की अस्पतालमा उपचार गरि कोहलपुर रेफर गरिएकी बिरामीको मृत्यु भएको र उनको मृत्युपछि कोरोना पुष्टि भएकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पनि जोखिम बढेको अस्पतालले जनाएको छ ।
ती महिलाको सम्पर्कमा रहेका अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी एवम् कर्मचारीको परीक्षण रिपोर्ट नआएसम्म अस्पतालका सम्पूर्ण सेवा बन्द रहने सूचनामा उल्लेख छ ।
नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर २ की ४३ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको थियो । ती महिलालाई लम्की अस्पतालले रेफर गरेको थियो ।
टाउकोमा चोट लागेकी उनलाई ३१ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएकोमा मंगलबार मृत्यु भएको थियो । मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको भएको थियो ।
डोटी, ७ फागुन जिल्लामा गएको माघ महिनाको १४ गते प्रहरीले पक्राउ गरेको अवैध भनिएको सुनका विषयमा अहिलेसम्म सार्वजनिक गरेको छैन्...
डोटी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं विघटित प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौलाले मुलुकमा आन्तरिक र बाह्य चलखेल बढेको...
डोटी- डोटी प्रहरीले गत माघ १४ गते स्रोत नखुलेको एक किलो एक सय ग्राम सुन र १७ लाख ४७ हजार...