२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

कैलालीको लम्की अस्पताल अनिश्चितकालका लागि बन्द

धनगढी – कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको लम्की अस्पताल अनिश्चिकालका लागि बन्द गरिएको छ । आफ्नोमा उपचार गरि रेफर बिरामीमा मृत्युपछि कोरोना पुष्टि भएसँगै लम्की अस्पतालले अनिश्चितकालका लागि सम्पूर्ण सेवा बन्द गरेको हो ।

अस्पतालले बिहीबार सूचना जारी अर्को सूचना नआउँदासम्मका सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ । लम्की अस्पतालमा उपचार गरि कोहलपुर रेफर गरिएकी बिरामीको मृत्यु भएको र उनको मृत्युपछि कोरोना पुष्टि भएकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पनि जोखिम बढेको अस्पतालले जनाएको छ ।

ती महिलाको सम्पर्कमा रहेका अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी एवम् कर्मचारीको परीक्षण रिपोर्ट नआएसम्म अस्पतालका सम्पूर्ण सेवा बन्द रहने सूचनामा उल्लेख छ ।

नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर २ की ४३ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको थियो । ती महिलालाई लम्की अस्पतालले रेफर गरेको थियो ।

टाउकोमा चोट लागेकी उनलाई ३१ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएकोमा मंगलबार मृत्यु भएको थियो । मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको भएको थियो ।

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७७ असार ४

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP