२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

सुदूरपश्चिममा थप ६८ जनामा कोरोना पुष्टि : डोटीका थप २० जनामा संक्रमण

सुदूरपश्चिममा आज ६८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६८ जनामा कोरोना पुष्टि भएको हो। बैतडी २१, डोटीका २०, कैलालीका १३, कञ्चनपुरका ११ र अछामका तीन जनामा कोरोना पुष्टि भएको हो। 

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ३२ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ९३ जना, कञ्चनपुरमा ६६, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका २२, डोटीका ३७, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा २७ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २१ जना निको भएर घर फर्किसकेका छन् ।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट तीन सय चार, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ।

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७७ असार १

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP