२०७७ मंसिर ९, मंगलवार
November 24, 2020, Tuesday

म बयालपाटा अस्पताल हूँ !

अबिरल

इतिहाँसका पानाहरु नियाल्दा मेरो जन्म रक्तरञ्जीत घटना पश्चात भएको सबैलाई जानकारी गराउँन चहान्छु। आम अछामबासी सबैलाई थाहा भएको कुरा हो, नभए थाहाँ पाउनु जरुरी छ वि.सं २०३४ साल वर्षाऋतुको बेला उत्तरी अछामको पन्ध्रवीस क्षेत्रमा हैजा महामारी फैलिएको थियो। कयौमानिसहरु यस महामारीको संक्रमणबाट थला परीरहेका थिए, भने कति जनाले ज्यान गुमाई सकेको अवस्था थियो। यसरी उत्तरी अछाममा हैजाले कयौ मानिसलाई चपेटामा लिई रहेको देखेर तत्कालीन अछामको बयालपाटा गाउँपञ्चायत (चण्डिका, रिडिकोट, भागेश्वर र जनालीकोट) का अगुवाहरुले हैजाबाट प्रभावित पन्ध्रबीस क्षेत्रका मानिसको आवश्यक उपचार गर्न र जनताको स्वास्थ्य सुरक्षाका लागि बयालपाटामा पनि अस्पताल निर्मांणका लागि आन्दोलन गरेर, तत्कालिन श्री ५ सरकारको ध्यान केन्द्रित गरें। आम जनताको आवज सरकार समक्ष पु¥याउन तत्कालिन बयालपाटा पञ्चायतका प्रधानपञ्च डम्बरबहादुर स्वाँरको टोली काठमाण्डौ पुग्यो। यस क्षेत्रका आम नागरिकहरुको दबाब पश्चात तत्कालीन सरकारले हैजा प्रभावित क्षेत्रका मानिसको उपचारका लागि २०३४ साल भदौं २९ गते हवाईजहाज मार्फत साँफेबगरमा औषधी र स्वास्थ्यकर्मीको टोली अछाम पठाउने कुराको जानकारी ग¥यो। उक्त दिन हैजा प्रभावित क्षेत्रका आम मानिसको उपचारका लागि साँफेबगरमा आउँने औषधी बयालपाटाबाटै उत्तरी अछाममा सक्दो छिटो पठाउने वातावरण सृजना गर्नुपर्छ भन्ने, उद्देश्यका साथ तत्कालीन बयालपाटा, बर्दादेवी, मष्टामाण्डौ, शिद्देश्वर, वैजनाथ सहित अन्य गाउँपञ्चायतका प्रमुख अगुवाहरु र सयौं मानिसहरुको जमात साँफेबगरमा भेला भयो। 

उक्त भेलाको अगुवाई बयालपाटा गाउँपञ्चायतका प्रधानपञ्च डम्बरबहादुर स्वाँर काठमाडौं गएका हुँदा, तत्कालिन बयालपाटा गाउँपञ्चायतका कार्यवाहक प्रधानपञ्च गंगबहादुर कुँवरले लिएका थिए। सरकारले दिएको जानकारी अनुसार नै २०३४ साल भाद्र २९ गते साँफेवगर विमान स्थलमा हवाईजहाज मार्फत औषधी आईपुग्यो, तर ! स्वास्थ्य टोली भने आएन। हैजा प्रभावित क्षेत्रमा मंगलसेनबाट औषधी वितरण गर्न ढिलाई हुने भएकोले बयालपाटाबाट नै औषधी वितरण गर्नु पर्छ भन्ने, यस क्षेत्रका अगुवाहरुले प्रशासन संगप्रस्ताव राखें, प्रशासन र यहाँका अगुवाहरुको उक्त प्रस्ताव माथि सहमति हुन नस्कदा विवाद चक्र्यो,  यहाँका आमनागरिकहरुको मागलाई मन्थर पार्न प्रशासनले दबाब सृजना ग¥यो । घटनाले अर्कै मोड लियो प्रहरी र हजारौंको संख्यामा उभिएका मानिसहरु बीच दोहोरो झडप भयो। 
तत्पश्चात तत्कालित प्रमुख जिल्ला अधिकारी श्रीमान श्रेष्ठको आदेशमा हजारौंको संख्यामा उभिएको भीडमाथी प्रहरीले अन्धाधुन्ध गोली प्रहार ग¥यो। उक्त घटनामा प्रहरीको गोली लागेर जनालीकोटका तीन जना गीरी सुनार, शेरबहादुर कुँवर, कर्णबहादुर साउँद र गाजराका एक जना रंगबहादुर खड्का गरीचार जनाको घटनास्थलमा नै मृत्य भयो। चण्डिकाका बुद्धी ताम्राकार लगायत २३ जना मानिसहरु गम्भीर घाईते भए। 

तीनवटा पशु चौपाया मरे। उक्त घटना साह्रै कारुणीक बन्यो, औषधी बुझेर हैजा प्रवाभित क्षेत्रमा उद्दार गर्न खटिएका यूवाहरुको टोलीले साँझपख गोलीले छेदविच्छेद भई रक्तरंजीत भएका व्यक्तिहरुको लाश र घाईतेहरुलाई बोकेर गाउँ–गाउँ फर्कनु प¥यो। साँफेबगर गोलीकाण्डको दोषी ठहर गर्दै काठमाडौ पुगेका तत्कालीन बयालपाटा गाउँपञ्चायतका प्रधानपञ्च डम्बरबहादुर स्वाँर (जनालीकोट) काठमाण्डौ केन्द्रिय कारागार, आन्दोलनका अगुवा गर्ने गंगबहादुर कुँवर (चण्डिका) हनुमानढोका कारागार, नैन सिंह कडायत (चण्डिका), गगन सिंह खडका (गाजरा), तप्त बहादुर स्वाँर (रिडिकोट), शिव बहादुर कुँवर (चण्डिका), डबल बहादुर कुँवर (प्रभा), हस्त बहादुर शाह (कालिमाटी) र कालुसिंह कुँवर (खाल्सैन) गरी ७ जनालाई नेपालगंज कारागारमा जेल चलान गरियो। 

सबै जनालाई ६ महिना पछि धनगढी कारागारमा सारियो। जेल परेका ७ जनाले ९ महिना, डम्बरबहादुर स्वाँरले १ वर्ष र गंगबहादुर कुँवरले २७ महिना जेल जीवन काट्नु प¥यो । आज पनि उक्त घटना अछामी मन मस्तिष्कमा“साँफेबगर गोली काण्ड” को नामले जीवन्त रहेको छ। यस घटनाले बयालपाटामा अस्पताल स्थापनाका लागि तत्कालिन राष्ट्रिय पञ्चायतको प्रतिनिधित्व गर्ने नयन बहादुर स्वाँर, जनकबहादुर शाह, विरेन्द्र शाह र नवराज सुवेदीलाई सदनमा अवाज उठाएर तत्कालिन पञ्चायत सरकारको ध्यान आर्कषण गर्न थप टेवा पुग्यो। यसैक्रममा २०३४ साल माघ महिनामा बयालपाटा खानेपानीको उद्घाटन गर्न र साँफेबगर गोलीकाण्डको शान्तवना दिन श्री ५ महाराजाधिराज विरेन्द्र विरविक्रम शाह देवको बयालपाटामा सवारी भयो। 

उक्त समयमा राजाले बयालपाटामा एउटा अस्पताल बनाईने जानकारी दिए र अछामको मध्यविन्दुबयालपाटाको गर्भमा मेरो (बयालपाटा अस्पताल) अंकुरण भयो। यसैक्रम २०३९ सालमा तत्कालिन बयालपाटा गाउँपञ्चायत अन्तर्गतको रिडीकोट स्थित बड्यालगडामा मेरोस्थायी जन्मथलो हुने कुरा सुनिश्चित भयो। करीब वि.सं २०४२÷४३ सालमा भौतिक पूर्वाधार निर्माण भई सक्दा पनि जुन उद्देश्यका लागि तत्कालिन अछामी सपुतहरुले मलाई जन्म दिन खोजेका थिए, राजनीतिक खिचातानीका भई रहँदा म करीब तीनदशक सम्म गर्भ भित्र रहन वाध्यभ । मेरो जन्मका लागि लाखौं रुपिया खर्च गरेर बनाएको भौतिक संरचनाको आवरण छेद–विच्छेद भयो। हुनत ! मेरो जन्मलाई पूर्णता दिन २०४६ साल पश्चात यस क्षेत्रको प्रतिनिधित्व गर्ने थुप्रै अछामी सपुतहरुले ठूलो संघर्ष गरे, तथापी उक्त संघर्ष निर्थकतामा नै परिणत भइ रह्यो। 

मैले अछामी जनताको स्वास्थ्य सुनिश्चितताका लागि दिनु पर्ने योगदान कयौंन वर्ष गर्भभित्रै रहनु परेको हुँदा दिन सकिन, यसमा मेरो कमजोरी थिएन। कमजोरी थियो भने, यस क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्तित्वहरुको थिया । किन भने ! मेरो जन्मको उद्देश्यलाई सार्थकता दिन आफ्नो बलिदानी दिएका, घाईते भएका, जेलजीवन निर्वाह गरेका, सरकारको ध्यान आर्कषण गर्न  राष्ट्रिय पञ्चायतमा आवाज उठाईरहेका, आन्दोलनलाई पूर्णता दिन हुमिदै राज्यको दमन सहेका र निर्दयी तरिकाले कुटाई खाएका राजनीतिक प्रतिवादबाट टाढा रही, आम अछामीको स्वास्थ्य सुरक्षाका लागि पैरवी गरी रहेका,आम अछामी सपुतहरुको सपनालाई पूर्णता दिन यहाँका अगुवाहरुले गरेको प्रयास सफल हुन सकेन र म गर्भ भित्रै रहन वाध्य भए । करीब तीनदशक सम्म गर्भभित्र रहँदा अछामीहरुले भोग्नु परेको सबै पिडाहरुको वर्णन मँ गर्न सक्दीन । किन भने बिती सकेको समय भूत भईसक्यो पश्चाताप गरी केहि हुदैन। 

यसैक्रम २०५८ सालको घटनाबाट प्रभाववित यस विकट जिल्ला अछामका आमनागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य बोकी वि.सं २०६४ सालमा अमेरीकामा अध्ययनरत नेपाली र अमेरिकन चिकित्सकहरुको सहकार्यमा न्याय हेल्थ नेपाल नामक गैर सरकारी संस्थाले, नेपाल सरकार स्वास्थ्य मन्त्रालय संग साझेदारी गरी अछामको साँफेबगरबाट प्राथमिक बहिरंग, आकस्मिक उपचार (२४ औं घण्टा), औषधी तथा ल्याब सेवा सहित समुदायमा आधारित प्राथमिक स्वास्थ्य सेवाको प्रारम्भ ग¥यो। अछाममा कामगर्दै जादा न्याय हेल्थ नेपालले मलाई (बयालपाटा अस्पताल) जन्माउन प्रयासरत अछामी धर्तिपुत्रले बोकेको सपना सफल हुन नसकेको र म गर्भमै रहेको कुरा जानकारी पायो । न्याय हेल्थ नेपालको निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा प्रभावकारी बन्दै जादा साँफेबगर स्थित भौतिक संरचनासाघुँरो भई रहेको थियो । यसै कारण न्याय हेल्थ नेपालले मेरो जन्मलाई पूर्णता दिने आम अछामबासीको गुणस्तरीय स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्देश्य सहित अछाम स्थित राजनीतिक दल, राष्ट्रको प्रतिनिधित्व गर्ने व्यक्तित्वहरु, नागरिक समाज र सम्बन्धीत सरकारी निकाय सम्म आवश्यक परामर्श गर्न आरम्भ ग¥यो । न्याय हेल्थ नेपाल र अछाम स्थित सम्पूर्ण सरोकारवालाहरुको वेलाबखतको छलफल पश्चातआ.व. ०६५÷०६६ को जिल्ला परिषदबाट तीन दशक सम्म गर्भमा रहेको मलाई गर्भबाट बाहिर निस्कनेबाटो खुल्यो । वि.स.२०६५ साल भदौं ५ गतेका दिन न्याय हेल्थ नेपाल साँफेबगरबाट बड्यालगडा स¥यो र मेरो जन्मले पूर्णता पायो, म जन्मे  ।

करीब २०४२ सालमा निर्माण भएको भई जीर्ण भई सकेको मेरो भौतिक आवरणले न्याय हेल्थको अथक प्रयास पश्चात विभिन्न स्वास्थ्य उपकरण र मानव संशाधनको व्यवस्थापन गरी रचनात्मक वृद्धी विकासमा जोड दियो । म (बयालपाटा अस्पताल) ती सम्पूर्ण अछामी सपूतहरु जसले हिजो देखी आज सम्म आ–आफ्नो क्षेत्रबाट सरकार र विभिन्न विकासे साझेदारहरुसंग आवश्यक पहल गरी मलाई जन्म दिने, मलाई सुरक्षीत र आकर्षित भौतिक संरचनामा परिणत गर्ने, स्वास्थ्य संशाधनले सम्पन्न बनाउन अमूल्य योगदान दिने महानभावहरुको उच्च कदर र सम्मान गर्न चहान्छु। 

आज म हर्षित छु, खुसी छु  र गर्व गर्दछु,  किन भने ! मेरो जन्मका लागि जीवन आहुती दिएका, घाईते भएका, जेल जीवन काटेका, कुटाई खाएका, वेलाबखत आवाज उठाई रहेका सम्पूर्ण अछामी धर्तिपुत्रको परिकल्पनाले सार्थकता पाएको छ। मैले महशुस गरेको छु, यो सबै आम अछामी जनताको रगत, पीडा, परिश्रम र पसिनाबाट सम्भव भएको होे । साथै आज मलाई बयालपाटा अस्पताल भनेर संसारले चिनेको छ, यो श्रेयता न्याय हेल्थ नेपाललाई नै जान्छ र म सदैव न्याय हेल्थ नेपालको ऋणी रहने छु, जसकारण न्याय हेल्थ नेपालको सम्पूर्ण परिवारजन प्रति सदैव कृतज्ञ रहने छु। किनभने ! यदि न्याय हेल्थ नेपालले मेरो जन्मलाई पूर्णता दिन आवश्यक पहल नगरेको भए सायद म आज सम्म पनि कतै गर्भ मै हुने थिए कि ? आज न्याय हेल्थ नेपालको कारण अछाम लगायत अन्य छिमेकी जिल्लाका करीब ९ लाख भन्दा बढी गरीब, निमुखा, दिन–दुःखी जनताहरुले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गरी रहेका छन । सामान्य बिमारी हुदाँ पनि भारतका विभिन्न शहरबजारमा गई स्वास्थ्य उपचार गर्न वाध्य विकट एवं दूर्गम पहाडीक्षेत्रका मानिसहरुको करोडौं रुपियाँ जोगिएको छ।

प्रत्यक्षरुपमा सयौं मानिसहरुको रोजगारी सृजना भएको छ, यसैगरी अप्रत्यक्षरुपमा बयालपाटासंग सम्बन्ध जोड्ने अछामका विभिन्न बजार क्षेत्रहरुको व्यापार व्यवसाय बढेको छ। तरकारी, मासु, दुध र फलफूल विक्री भएको छ। सवारी साधनहरुले यात्रु पाएका छन्। सवारी साधन बढ्दै गर्दा सवारी साधन संग सम्बन्धीत ग्यारेज, पट्रोल पम्प र सवारी साधनका डिलर संचालन हुदै गई रहेका छन । होटल व्यवसायको स्त्तरोन्नती भएको छ। हवाईजहाजले यात्रु पाएको छ। निजी औषाधालय र अस्पतालहरुको क्रमिकरुपमा विकास भएको छ । वित्तिय संस्थाहरुले थोरै भए पनि म बाट सहयोग प्राप्त गरिरहेको छन्। जसकारण अछामी जनताको आर्थिक, सामाजिक, स्वास्थ्य र शैक्षीक विकासले क्रमिकरुपमा गति पाएको छ । के आम अछामीबासी यस कुराको मूल्याकंन गर्न कतै चुक्नु भएको त छैन ?यदि चुक्नु भएको छ, भने ! सत्यतालाई आत्मसाथ गरी मूल्याकंन गर्न नचुक्नु होला भन्ने मेरो आग्रह छ। 

तर ! मेरो पूर्ण जन्मलाई सार्थकता दिन उभिएको न्याय हेल्थ नेपाल आफैमा एउटा गैर सरकारी संस्था हो। गैर सरकारी संस्थाहरुले विभिन्न दातृ निकायबाट प्रतिस्पर्धाका आधारमा प्राप्त हुने रकमबाट विभिन्न कार्यक्रम संचालन गर्ने गरेको हुँदो रहेछ। वर्तमान समयमा विश्वजगतमा देखा परेको नोवल कोराना भाइरसको असरले लामो समय देखी विश्व अर्थतन्त्र धरापमा परेको छ। विश्वजगतमा देखा परेको यो विषम परीस्थितीको असरले विभिन्न दातृ निकायहरु पनि प्रभावित भएका छन्। जसको प्रभावमा न्याय हेल्थ नेपाल पनि परेको छ । आम अछाम एवं छिमेकी जिल्लाबासीहरुको स्वास्थ्य सेवालाई निरन्तरता दिन र मलाई जोगाउन न्याय हेल्थ नेपालले ठूलो चुनौतिको सामाना गर्नु परेको मैले महसुश गरेकोे छु। जसकारण नचहादा–नचाहदै पनि म संग आवद्ध केही जनशक्तिलाई वाध्यवश कार्यअवकाश गर्न न्याय हेल्थ नेपाललाई बाध्यत्मक परीस्थिति सृजना भएको कुरा बुझेको छु।

यस्तो वर्तमान विश्वपरिवेशमा देखा परेको आर्थिक संकटको प्रभावमा न्याय हेल्थ नेपाल मात्र हैन, विश्वस्तरका कयौंन गैरसरकारी संस्थाहरुलाई पनि परिरहेको अवस्था छ रे । तर विडम्बना ! एकातिर विश्व आर्थिक संकटमा पर्नु र अर्को तीर नेपाल पनि नोवल कोराना भाइरसको चपेटामा पर्नु, यस्तो प्रतिकुल परीस्थितिमा न्याय हेल्थ नेपालबाट सेवा थप गर्न नसकिने भनि जानकारी दिईएकाकर्मचारीहरुलाई काममा पुनर्वाहाली गर्न सरोकारवालाहरुले दबाब सृजना गर्दै गर्दा, स्वास्थ्य संस्थामा संसारमै नघटेको घटना मेरो प्राङ्गगणमा घटेको छ। एक जना होनाहार अछामी यूवकले आत्मदहन गरी आफूलाई मृत्युवरण गरेका छन्। यसले झन मेरो मन पीरोलिएको छ। 

किनभने मेरो जन्म गराउन चारजना अछामी सपुतहरुको साँफेबगर गोलीकाण्डमा ज्यान गएको थियो। आज मेरो जन्म पश्चात म सक्षम भई आम अछामबासीहरुको जीवनदायिनीको रुपमा उभिएको बेला मेरो कुशल व्यवस्थापनका लागि, केही कर्मचारी घटाएर मलाई जीवन्त राख्न अहोरात खटिरहेको न्याय हेल्थ नेपाललाई एकजना होनाहार अछामी यूवाले आत्मदहन गरी मृत्युवरण गरेको घटनाले, अर्को संकटमा उभिनु परको मलाई आभास भएको छ। किनभने ! आम अछामबासीको गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न र मलाई बयालपाटा अस्पताल भनेर संसारभर चिनाउन सफल भएको एउटा स्वतन्त्र गैर सरकारी संस्था न्याय हेल्थ नेपाल आज राजनीतिक घेराबन्दीमा परेको छ। जसकारण आज म सारै चिन्तित बनिरहेको छु।

मेरा जन्मलाई पूर्णता दिने मेरो प्रिय साथी राजनीतिक खिचातानीको दबाब सहन नसकी मलाई छोडेर टाढा जाने त हैन ? कतै मलाई तीन दशक पहिलको अवस्था पुनः फर्कनु पर्ने त हैन ? मेरो जन्मका लागि ज्यानको प्रवाह नगरी आफ्नो ज्यान गुमाउने, घाइते हुने, जेल जीवन काट्ने, कुटाई खाने र आन्दोलित भएर सहयोग गर्ने तत्कालिन अछामका पान्सय, प्रन्धबीस, आठसय लयागत अन्य क्षेत्रका सपुतहरुको इतिहासमा कतै कालो दाग त लाग्ने हैन ? मेरो जन्मका लागि शहादत प्राप्त गर्ने सपुतहरुको परमलिनआत्माले कतै दुःखेसो पोख्ने त होईन ? लाखौं अछामीहरुले विगत एकदशक देखी प्राप्त गरी रहेको निःशुल्क स्वास्थ्य सेवा कतै गुमाउनु पर्ने त होईन ? कयौंन आमा, बालबालिका र असहाय, गरीब र दिन दुःखीहरुले गुणस्तरीय स्वास्थ्य सेवाबाट पन्छीनु पर्ने त होईन ? आम अछामबासीहरुले कतै सामान्य स्वास्थ्य उपचारका लागि नीजि औषधालयमा हजारौं रुपियाँ खर्च गरी आर्थिक व्ययभार बहन गर्दै गरीबीको रेखामुनी बाच्न बाध्य हुनु पर्ने त होईन ?यदि म संकटमा परे भने, मेरो जिम्मा लिन कतै अछामबासी ढिलाई त गर्ने होईन ? या त मलाई कतै अलपत्र छोड्ने त हैन ? आम अछामी जनताले म बाट प्राप्त गरीरहेको सेवा परिमार्जित भई टिम अस्पताल डडेल्धुरा जस्तै परिणत हुने त होईन ? तसर्थ म मेरो जन्म दिने, मेरो स्याहार गर्न र मलाई पूर्ण यौवनमा उम्भाउन सहयोग गर्नु हुने आम अछामबासीमा हार्दिक अनुरोध गर्न चहान्छु कि ! मलाई राजनितीक खिचातानीमा नपार्नु होस।

मलाई राजनीतिक छायाबाट टाढा राख्नु होस। सकिन्छ भने मलाई परिचित गराउने सहयोगी संस्थालाई सहृदय सहयोग गर्नुहोस । सकारात्मक सुझाव र रचनात्मक कार्यपद्धति अपनाउन सजग गर्नुहोस । सहयोगी संस्थालाई प्रभावकारी कार्यसंचालनका लागि मैत्रीपूर्ण वातावरण सृजना गरी आवश्यक सहयोग गर्नुहोस । कमकमजोरीको नकारात्मक टिका टीप्पणी मात्र होईन राम्रा कार्यहरुको प्रशंसा पनि गर्नुहोस। एक व्यक्ति वा परिवारको मात्र होईन, सम्पूर्ण समाजको सकारात्मक विकास मार्गको बारेमा चिन्तित बन्नुहोस । मलाई आशा छ, म विश्वस्त छु कि ! जुन–सुकै क्षेत्रको विकासका लागि आपसी समझदारी, सद्भाव, सहयोग र स्नेहले नै महत्वपूर्ण भूमिका खेल्दछ । नकारात्मक कदमले त नकारात्मक परिणती निम्ताउँछ ।हिन्दीमा एउटा उखान छ “जैसा बीज बोया, वैसा फल पाया”। तसर्थ मेरो आम अछामबासीहरुमा सादर अनुरोध छ, कृपया मलाई राजनीतिक रङ्गमा मुच्छने प्रयास नगर्नुहोस, किनभने रक्तरञ्जीत घटनाबाट वि.सं २०३९ सालमा बयालपाटाक्षेत्रको गर्भमा अंकुरित भएर यसै राजनीतिक खिचातानीले झण्डै तीनदशक सम्म गर्भ भित्रै रहन विवश भएको मँ बयालपाटा अस्पताल हूँ । धन्यवाद!
लेखक,अविरल सामाजिक अभियन्ता हुन्।

Related News

कोभिड खोप खरिद गर्न ७० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ : डा. ज्ञवाली
कोभिड खोप खरिद गर्न ७० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ : डा. ज्ञवाली
  • २०७७ जेष्ठ ३१

नेपालमा कोरोना विरुद्धको खोप आयात गर्नका लागि राष्ट्रपतिले भर्खरै अध्यादेश पास गरेकी छिन् । अध्यादेश पास गरेसँगै खोप खरिदका लागि...

सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप ५१ जनामा कोरोना  पुष्टि
सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप ५१ जनामा कोरोना पुष्टि
  • २०७७ जेष्ठ ३१

धनगढी- सेतीको परीक्षणमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टाको अवधिमा गरिएको...

सुदूरपश्चिममा कोरोनाका कारण पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु
सुदूरपश्चिममा कोरोनाका कारण पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु
  • २०७७ जेष्ठ ३१

अछामको तुर्माखाँदमा कार्यरत स्वास्थ्यकर्मी कपिल श्रेष्ठको निधन भएको हो कैलाली- सुदूरपश्चिममा कोरोना संक्रमणका कारण पहिलो स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।...

TOP