२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुग्यो

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ।

शुक्रबार ४४८ जना संक्रमित थपिएसँगै कुल संख्या पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यीमध्ये ३५३ जना महिला छन् भने बाँकी पुरुष।

संक्रमितमध्ये १६ जनाको मृत्यु भएको छ भने ८७७ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ७८६ जना पुरुष र ९१ जना महिला छन्।

हालसम्म देशका विभिन्न प्रयोगशालामा गरी १ लाख २१ हजार ८६२ जनाको पीसीआर विधिबाट र १ लाख ८८ हजार ५२ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण भएको छ।

हाल देशभरका क्वारेन्टिनमा १ लाख ५८ हजार ५० जना छन् भने आइसोलेसनमा ४ हजार १६९ जना छन्।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ जेष्ठ ३०

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP