२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १९१ पुग्यो : चारदिने शिशुमा पनि संक्रमण पुष्टि

सुदूरपश्चिममा विहिवार २७ जनामा कोरोना पुष्टि भएको छ। योसंगै प्रदेशमा संक्रमितको कुलसंख्या एकसय ९१ पुगेको छ ।

बिहिबार पुष्टि भएकाहरूमा  बाजुराका १८ जना, कैलालीका ७ जना र बझाङका दुईजनामा कोरोना पुष्टि भएको हो।

कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ५ का २०, २३, २३, २४, २४, २९ वर्षीय पुरुष र घोडाघोडी नगरपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

यस्तै बाजुराको बुढिगंगा नगरपालिकाकी ३ वर्षीया बालिका, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा बुढिगंगा नगरपालिकाकै ४ दिनको शिशु, १४ वर्षीय बालक, २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुष गरी एकैदिन १७ जनामा संक्रमण देखिएको छ।

यस्तै बाजुराकै त्रिवेणी नगरपालिकाका ५० वर्षीय पुरुष, बझाङको थलारा गाउँपालिकाका ३४ वर्षीय पुरुष र बित्थडचीर गाउँपालिकाका ३० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ जेष्ठ २९

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP