२०८३ कार्तिक ९, आईतवार
October 25, 2026, Sunday

डोटी, कैलाली र बैतडीमा असार दोस्रोसाता भित्रै प्रयोगशाला सञ्चालनमा आउने

शिखर डेस्क- सुदूरपश्चिमका तीन जिल्लाहरुमा थप तीन वटा कोरोना प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी भैरहेको छ । डोटी, कैलाली र बैतडीमा असार दोस्रोसाता भित्रै प्रयोगशाला सञ्चालनमा ल्याइने सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए ।

प्रयोगशाला सञ्चालनका लागि उपकरण खरिद भईरहेको बताएउदै मन्त्री सुवेदीले तीन वटा प्रयोगशाला स्थापनाका लागि टेण्डर आह्वान भईसकेको बताएका छन् ।

‘तीन वटा पीसीआर मेसिन सहित प्रयोगशाला सञ्चालनका लागि आवश्यक थप सामाग्री खरिद गर्न टेण्डर भईसकेको छ,’ मन्त्री सुवेदीले भने, ‘असार दोस्रो सातासम्म बैतडी, डोटी र कैलालीमा मेसिन जडान गरेर सञ्चालनमा ल्याउँछौ ।’

छोटो अवधि राखेर खरिद प्रक्रिया गर्न खोजिएपनि सार्वजनिक खरिद कार्यालयले अस्वीकार गरेपछि एक महिनाको समय राखेर टेण्डर आह्वान भएको बताउँदै मन्त्री सुवेदीले बोलपत्र दर्ताको समय आजै सकिएको जानकारी दिएको खमाचार दिनेश खवरले प्रकासन गरेको छ ।

सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रले धनगढीको पशुपक्षि अन्वेषण प्रयोगशालामा जडान गरीएको आरटी–पीसीआर मेसिनक्रै क्षमताका तीन वटा मेसिन खरिदको लागि टेण्डर भएको जनाएको छ ।

Related News

सेती नदी किनारमा युवकको शव फेला
सेती नदी किनारमा युवकको शव फेला
  • २०७७ जेष्ठ २७

दिपायल – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक...

TOP