२०७७ मंसिर १७, बुधबार
December 2, 2020, Wednesday

अन्त्येष्टि पछि कोरोना पुष्टि : पुरै वडा सिल, मलामीको कन्ट्याक्ट ट्रेसिङ

डायलाइसिस गर्ने क्रममा मृत्यु भएकी धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया एक महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि भएपछि पुरै वडा सिल गरिएको छ । सेती प्रादेशिक अस्पतालको डायलाइसिस वार्डमा शुक्रबार बिहान मृत्यु भएकी ती महिलाको शब शनिबार धनगढीको मोहना नदीमा अन्त्येष्टि गरिएको थियो ।  अन्त्येष्टि पछि शनिवार दिउँसो रिपोर्ट पोजेटिभ आएपछि आफन्त र स्थानीय त्रसित बनेका छन् ।

 धनगढी  वडा नम्बर ४ का अध्यक्ष दिपक थापाले अन्त्यष्टिमा करिब ५० जना मलामी सहभागी रहेको बताए । अन्त्येष्टिमा सहभागी भएका सबै मलामीको कन्ट्याक्ट ट्रेसिङ गरिने भएको छ । त्यसका साथै वडा अध्यक्ष थापाले वडा सिल गर्न प्रशासनसंग आग्रह गरेका छन् ।

वडा अध्यक्षको आग्रहपछि अहिले बेलुका ८ बजेदेखि धनगढी उपमहानगरपालिका वडा नंम्बर ४ लाई सिल गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बताए । उनले भने– ‘खासगरी मृतकको घर आसपास र मलामी गएकाहरुको एरिया सिल गरिएको छ ।’

थ्रोट स्वाबको रिपोर्ट आउनु अघि नै अस्पतालले शुक्रबार नै शब आफन्तलाई बुझाएको थियो । शुक्रबार मध्याह्न शब बुझेका आफन्तले अटो रिक्सामा राखेर शब घरमा पु¥याएका थिए । शुक्रबार दिनभर पानी परेकाले शनिवार बिहान मात्र दाहसंस्कार गरिएको मृतकका आफन्तले बताए । शुक्रबार बिहान सेतीमा डायलाइसिस सुरु गरेको पाँच मिनेटमै महिलाको मृत्यु भएको थियो । बिराङ्गना हेल्थ केयरले सञ्चालन गरिरहेको डायलाइसिस वार्डका व्यवस्थापक दिपक भट्टका अनुसार डायलाइसिस सुरु गर्नु अघि आरडीटी जाँच गर्दा नेगेटिभ देखिएको थियो । महिलाको मृत्यु भइसकेपछि कोरोना जाँचका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएको उनले बताए ।

Related News

सुदूरपश्चिम प्रदेशको बजेट खर्च र राजस्व संकलन बढ्यो
सुदूरपश्चिम प्रदेशको बजेट खर्च र राजस्व संकलन बढ्यो
  • २०७७ जेष्ठ २५

कैलाली- चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च गत आवको सोही अवधिको भन्दा बढेको छ ।...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको कोरोना ‘विर्साउने’ सभा
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको कोरोना ‘विर्साउने’ सभा
  • २०७७ जेष्ठ २५

डोटी– खुल्ला चौरमा भीमकाय ‘टेन्ट’ गाँडेर आकर्षक मञ्च तयार पारिएको छ । जहाँ आलिसान सोफा, रोष्टम, टेबल र कुर्सीहरुको प्रबन्ध...

केआईसिंह गाउँपालिकामा अस्पताल निर्माण गर्न ९ रोपनी जग्गा दान
केआईसिंह गाउँपालिकामा अस्पताल निर्माण गर्न ९ रोपनी जग्गा दान
  • २०७७ जेष्ठ २५

डोटीः डोटीमा अस्पताल निर्माण गर्न स्थानीयले जग्गा दान गरेका छन्।  जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ मा १० शैयाको अस्पताल निर्माणका...

TOP