२०८३ कार्तिक ९, आईतवार
October 25, 2026, Sunday

सेती प्रादेशिक अस्पतालमा एक जनाको मृत्यु : बिरामी वार्ड सिल

कैलाली- सेती प्रादेशिक अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृगौला रोगबाट पीडित महिलको गएराती नै मृत्यु भएको हो ।

बिरामी महिलाको अस्पातलको डायलासिस वार्डमा मृत्यु भएपछि उनि भर्ना भएको वार्ड सिल गरीएको छ ।

डायलासिस अघि उनको आरडिटी रिपोर्ट नेगेटिभ आए पनि पिसिआर परिक्षणका लागि उनको स्वाब प्रयोगशालामा पठाईएको डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले बताए ।

सेती अस्पतालमा बिरंग हेल्थ केयरले डायलासिस वार्ड सञ्चालन गर्दै आएको छ । मृतकको ठेगाना भने खुलाईएको छैन ।

Related News

सेती नदी किनारमा युवकको शव फेला
सेती नदी किनारमा युवकको शव फेला
  • २०७७ जेष्ठ २४

दिपायल – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक...

TOP