२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

सुदूरपश्चिमका थप ७ जनामा कोरोना संक्रमण पुष्टि

शिस डेस्क- सुदूरपश्चिमका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बझाङका ६ जना र डडेल्धुराका एक जनामा कोरोना पुष्टि भएको हो ।

बझाङको खप्तडछान्ना गाउँपालिकाका ६ जना र डडेल्धुराको नवदुर्गा गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा खप्तडछान्ना गाउँपालिकाका २५, ३८, ५७ र ७० वर्षीय पुरुष तथा दुईजना ४० वर्षीया महिला छन् । उनीहरूमध्ये पाँचजना भारतको दिल्लीबाट र एकजना काठमाडौंबाट बझाङ पुगेका थिए ।

त्यस्तै डडेल्धुराको नवदुर्गा गाउँपालिका– ४ सिरोडकी २१ वर्षीया सुत्केरी महिलालाई कोरोना पुष्टि भएको छ । जेठ २१ गते सिरोडको क्वारेन्टाइनबाट सुत्केरी हुन डडेल्धुरा अस्पताल पुगेकी उनको २२ गते पिसिआरका लागि स्वाब संकलन गरेर धनगढी प्रयोगशालामा पठाइएको थियो । २३ गते सुरक्षीत तरिकाले अस्पतालमा शिशु जन्माएकी उनको आज कोरोना रिपार्ट पोजेटिभ आएको छ ।

कोरोना रिपार्ट आइसकेपछि उनीसहित शिशुलाई डडेल्धुरा अस्पतालाको आइसोलेनमा भर्ना गरिएको छ ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ जेष्ठ २४

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP