२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम पारित

पूर्वमन्त्री सोडारीलाई संघीयताको मलामी जानुपर्ने चिन्ता

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यकरम शुक्रबार पारित भएको छ। प्रदेशसभाको १० औँ बैठकले आगामी आव ७७/७८ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको हो ।

यही जेठ १९ गते सुदूरपश्चिम प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको थि यो । नीति तथा कार्यक्रम पारित हुनु अघि मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिए ।

बैठकमा बोल्दै मुख्यमन्त्री भट्टले काम गर्दा कमजोरी हुने र त्यसबाट सिक्दै अघि बढ्ने बताउँदै प्रदेश सरकारलाई केही संयन्त्र अभावमा काम गर्न असहज हुँदाहुँदै पनि जनतालाई राहत हुने काम गरेको उल्लेख गरे ।

उनले भने–‘कुनै सरकार र व्यक्ति असफल हुन सक्छ, तर व्यवस्था असफल हुनु हुँदैन, व्यवस्था असफल गर्ने तर्फ कोही पनि लाग्नु हुँदैन ।’व्यवस्था सफल पार्नु प्रदेश सरकारको दायित्व भएको उनको भनाई छ ।

यस अघि पूर्व बजेट छलफलका क्रममा सत्तापक्षी प्रदेश सांसदहरुले नै मुख्यमन्त्री र सरकारका गतिविधिका कारण संघीयता नै खतरामा रहेको टिप्पणी गरेका थिए ।

नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा बोल्दै पूर्व मन्त्री तथा सत्तापक्षीय प्रदेशसभा सदस्य दीर्घ सोडारीले सरकारको व्यवहारका कारण संघीयताको आफूहरु जन्ति र मलामी हुनुपर्ने त होइन, भन्ने टिप्पणी गरेका थिए ।

नीति तथा कार्यक्रम प्रस्तुत हुनुपूर्व सदनमा सरकारको तीव्र विरोध गरेका सत्तापक्षीय प्रदेश सासंदहरुले नीति तथा कार्यक्रम माथिको छलफलमा भने सरकारको समर्थन गरे ।

शुक्रबारको छलफलमा बोल्दै सत्तापक्षीय प्रमुख सचेतक तारा लामा तामाङले नीति तथा कार्यक्रम राम्रो भएपनि बिगत बर्षको अनुभवका आधारमा कार्यान्वयन हुनेमा शंका व्यक्त गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रण बहादुर रावलले वर्तमान सन्दर्भमा रोजगारीको प्रवद्र्धन प्रदेश सरकारको प्राथमिकतामा पर्नुपर्ने बताए ।

शुक्रबारको बैठकमा नीति तथा कार्यक्राम माथिको छलफलमा सत्तापक्षका प्रदेश सांसदहरु हर्कबहादुर कुँवर, लाल बहादुर खड्का, कुलबीर चौधरी, बल बहादुर सोडारी र प्रकाश रावलले पनि बोलेका थिए ।

यस्तै प्रतिपक्षी प्रदेशसभा सदस्यहरु मालमति राना, कुमारी नन्दा बम र उमा वादीले बोलेका थिए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ जेष्ठ २३

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP