२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

डोटीका पाँच संक्रमितलाई क्वारेन्टाइनकै छुट्टै कोठामा राखिने

धनगढी :  कोरोना पुष्टी भएको डोटीका पाँच जनालाई सम्बन्धित स्थानीय तह मै व्यवस्थापन गरिने भएको छ। स्वास्थ्य कार्यालय डोटीका अनुसार पूर्वीचौकी गाउँपालिका वडा नम्बर ४ र ७ का उनीहरुलाई पालिकामा नै व्यवस्थापन गरिने भएको हो।

ती संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनीहरुलाई क्वारेन्टाइनकै छुट्टै कोठामा राखिने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए। ‘उनीहरुमा कोरोनाको लक्षण पनि देखिएको छैन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ। स्वास्थ्यकर्मीको सम्पर्कमा हुन्छन्। वडाहरुले नै व्यवस्थापन गर्ने कुरा भएको छ। उनीहरुलाई धनगढी नपठाएर वडामा नै आइसोलेसनको व्यवस्था गर्ने योजना बनाएका छौ।’ 

उता गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले भने पाँचै संक्रमितलाई विद्यालयहरुमा नै राखिने बताए। उनले भने, ‘संक्रमितको संख्या बृद्धि हुन सक्छ। वडामा नै व्यवस्थापन गर्ने कुरो भएको छ, छुट्टै राख्छौ।’

डोटीका पाँचसहित सुदूरपश्चिममा बुधबार ८ जनामा कोरोना पुष्टी भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप आठ जनामा कोरोना पुष्टि भएको हो। कैलालीका तीन र डोटीका पाँच जनामा कोरोना पुष्टि भएको हो। कैलालीका दुईलाई महाकाली अस्पताल पठाइएको छ भने एक जनालाई सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको छ। 

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ जेष्ठ २२

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP