२०८० जेष्ठ १४, आईतवार
May 28, 2023, Sunday

नर्वेबाट डोटीका क्वारेण्टाइनमा रहेका व्यक्तिलाई स्वास्थ्य सामाग्री सहयोग

डोटी- समाजिक अभियान्ता तथा नेपाली कांग्रेस जनसम्पर्क समिति नर्वेका सभापति जीतेन्द्र शाहीको पहलमा डोटीका तीन वटा स्थानीय तहमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । नर्वेमा बसोवास गर्दै आएका नेपालीहरुको आर्थिक सहयोगमा २ लाख ३० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको समाजिक अभियान्ता दिपेन्द्र सिंहले बताए ।

केआईसिंह गाउँपालिका, शिखर नगरपालिकाको वडा नं १ र २, सायल गाउँपालिकाको वडा नं २ को क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । भारतबाट दैनि हजौंको संख्यामा प्रवासीहरु स्वदेश फर्किन थालेपछि स्थानिय सरकारलाई व्यवस्थापन गर्न निकै गठिन भएको छ । यस्तो अवस्थामा कोरोनच भाइरसको संक्रमण कम गर्न जिल्लाका बिभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई सर्जिकल मास्क, नुहाउने र लुगा धुने साबुन लगायतका सामाग्री हस्तान्तरण गरिएको छ ।

मंगलवार जिल्लाको केआईसिंह गाँउपालिकामास्वास्थ्य सामाग्री वितरण गरिएको बताउदै सामाजिक अभियन्ता दिपेन्द्र सिहँले शिखर नगरपालिका र सायल गाउँपालिकाको क्वारेण्टाइनमा बसेकाहरुलाई पनि वितरण गरिने बताए ।

यस्तो संकटका बेलामा पनि सबैको स्वास्थ्यलाई मध्यनजर गर्दै स्थानिय सरकारलाई व्यवस्थापन गर्न कठिन भएको खबर प्राप्त गरेपछि आफुहरुले सहयोग गरेको नेपाली कांग्रेस जनसम्पर्क समिति नर्वेका सभापति शाहीले बताए ।

Related News

सरकारको स्पष्टीकरण : रेशम चौधरीलाई रिहाइ गर्न कानुनभन्दा बाहिर गएका छैनौँ
सरकारको स्पष्टीकरण : रेशम चौधरीलाई रिहाइ गर्न कानुनभन्दा बाहिर गएका छैनौँ
  • २०७७ जेष्ठ २१

काठमाडौं – सरकारले कानुनविद्हरूको सल्लाह सुझावका आधारमा रेशम चौधरीलाई रिहाइ...

TOP