२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

भारतमाबाट उद्धार गरिएका साढे ८ सय जनालाई स्वास्थ्य परीक्षण नगरी गाउँ पठाइयो

लामो समय सीमा क्षेत्रको भारतीय भूमिमा रोकिएका नेपालीलाई बुधबार स्वास्थ्य परीक्षण नगरी स्वदेश फर्किन दिइएको छ ।

बुधबारमात्रै भारतका विभिन्न क्षेत्रबाट आएका ८ सय ५८ नेपालीलाई उद्धार गरिएको हो । उद्धार गरेर सम्बन्धित स्थानीय तह पठाइए पनि उनीहरुको स्वास्थ्य परीक्षण भने गरिएन ।

उनीहरुको सम्बन्धित स्थानीय तहले नै स्वास्थ्य परीक्षण गर्न र त्यही क्वारेन्टाइनमा राख्ने हुँदा सीमामा परीक्षण नगरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

भारतको मुम्बई, दिल्ली, राजस्थान, हरियाणा, मुरादावाद लगायतका स्थानबाट बस रिजर्भ गरेर आएका उनीहरु गौरीफन्टा नाकामा अलपत्र परेका थिए ।

जिल्ला प्रशासन कार्यालय कैलालीले उनीहरुलाई उद्धार गरेर सम्बन्धित स्थानीय तह पठाएको हो । ८ सय ५८ जनाको उद्धार गरिएको कैलालीका प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिए ।उनीहरुलाई गन्तव्यमा पुर्‍याउन स्थानीय तहले बसको व्यवस्था गरेका छन् ।

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ जेष्ठ ८

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP