२०८० फाल्गुन २१, सोमबार
March 4, 2024, Monday

कोरोना संगै कालाजारको त्रास : बाजुराका १७ महिने बालकमा देखियो कालाजार

देशभर कोरोना भाइरसको जोखिम बढिरहेका बेला बाजुरामा भने कालाजार देखापरेपछि गाउँमा थप चिन्ता थपिएको छ। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर ५ गोत्रीका एक बालकलाई कालाजार देखिएको हो। पूर्वी–उत्तरी क्षेत्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका लागि ल्याइएका जगन्नाथ गाउँपालिका गोत्रीका १७ महिने बालक देवीन्द्र बुढालाई कालाजार भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख डा राजुराज जैशीले बताए।

करिब एक महिनादेखि लगातार ज्वरो आएपछि आफन्तले उपचारका लागि मङ्गलबार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी ल्याएका थिए। बिरामी बालकको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा स्वास्थ्य परीक्षण गर्दा कालाजार भएको पुष्टि भएपछि थप उपचारका लागि धनगढी सिफारिस गरिएको जैशीको भनाइ छ। 

बालकको अवस्था चिन्ताजनक भएकाले आइसीयूमा राखेर उपचार गर्नुपर्ने हुँदा बालकलाई धनगढी सिफारिस गरिएको हो। कोल्टी क्षेत्रमा कालाजारका अन्य पनि बिरामी हुनसक्ने सम्भावना भएकाले समयमै यो रोग नियन्त्रणका लागि गाउँगाउँमा क्याम्प राखेर उपचार गर्न आवश्यक रहेको विज्ञले बताएका छन्। रासस 

Related News

औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
  • २०७७ बैशाख ३१

दिपायल – नेपाल औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा हिक्मत सिंह...

TOP