२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

अफ्रिकन स्वाइन फिभर बँदेलमा

बङ्गुरमा देखिएको अफ्रिकन स्वाइन फिभर रोग जङ्गली बँदेलमा पनि फैलिन थालेको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार लुम्बिनी प्रदेशस्थित बर्दिया राष्ट्रिय निकुञ्जका बँदेलमा अफ्रिकन स्वाइन फिभर देखिएको हो ।

यसअघि फागुन १९ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मृत अवस्थामा फेला परेका बँदेलमा पहिलो पटक अफ्रिकन स्वाइन फिभर पुष्टि भएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जमा मृत भेटिएका बँदेलको नमुना जाँच गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको पशुपन्छी रोग प्रयोगशालाका प्रमुख डा. नरेश जोशीले जानकारी दिए।

उनका अनुसार गत साता बर्दिया राष्ट्रिय निकुञ्जमा दुई वटा बँदेल मृत अवस्थामा फेला परेपछि निकुञ्जका पशु चिकित्सक डा. प्रेमिशा श्रेष्ठको टोलीले पोस्टमार्टम गरेर परीक्षणका लागि नमुना प्रयोगशालामा पठाएको थियो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले आरटी पिसिआर विधिबाट परीक्षण गरेर अफ्रिकन स्वाइन फिभर पुष्टि गरेको डा. जोशीले बताए । बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय आसपासमा एउटा माउ र बच्चा बँदेल मृत अवस्थामा फेला परेको थियो ।

निकुञ्ज हेडक्वाटर आसपास क्षेत्रमा थप केही बँदेल झोव्रिmएको अवस्थामा देखिएको बताइएको छ । निकुञ्जभित्रका बँदेलमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि निगरानी गर्नेे र बाहिर बस्तीमा सचेत पार्ने कार्य भइरहेको छ । अफ्रिकन स्वाइन फिभर बङ्गुर र बँदेलबाहेक अन्य जीवजन्तुमा नलाग्ने जनाइएको छ । यो रोग लागेमा उच्च ज्वरो (१०४ देखि १०७ डिग्रीसम्म) आउने, कान, पुच्छर, पेटको तल्लो भागको छाला रातो हुने, छटपटाउने, धर्मराउनेलगायतका लक्षण देखापर्ने गरेको जनाइएको छ ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०८० श्रावण ११

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP