२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

यस वर्ष दार्चुलामा सबैभन्दा बढी डेंगु संक्रमण

धनगढी – ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले ६ महिनाको अवधिमा डेंगुका ९ सय ३ केस देखिएको जनाएको छ।

ईडिसिडीका अनुसार जनवरीदेखि हालसम्म ४७ वटा जिल्लामा डेंगुका केसहरु पाइएका हुन्। सबैभन्दा धेरै केस दार्चुलामा देखिएको छ। त्यहाँ डेंगुका १ सय ८७ केसहरु पाइएका छन्।

त्यसैगरी धादिङमा ९७, कास्कीमा ६६, सुनसरीमा ४९, म्याग्दीमा ३८, काठमाडौँमा ४३, भक्तपुरमा ३३ र ललितपुरमा १२ वटा केसहरु पाइएका हुन्। यो अवधिमा डेंगुबाट मृत्यु पुष्टि भएको छैन। फाट्टफुट्ट डेंगुका केस देखिए पनि अघिल्लो सालजस्तो नबढेको विभागले बताएको छ।

अघिल्लो वर्ष हालसम्मकै बढी ५४ हजार ७८४ जनामा डेंगुको संक्रमण देखिएको थियो भने ८८ जनाको मृत्युसमेत भएको थियो।

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य रोग हो। एक्कासी ज्वरो आउने, थकान महसुस हुने, टाउको, मांसपेसी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा वान्ता हुने आदि यसका प्रमुख लक्षणहरु हुन्।

लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले डेंगुबाट बच्न सकिन्छ।

Related News

नतिजा छिटो, तर विश्वसनीयतामाथि प्रश्न: कक्षा १२ पुनर्योगमा ३२ हजार आवेदन, एसईईमा ५.८१% नतिजा परिवर्तन
नतिजा छिटो, तर विश्वसनीयतामाथि प्रश्न: कक्षा १२ पुनर्योगमा ३२ हजार आवेदन, एसईईमा ५.८१% नतिजा परिवर्तन
  • २०८० असार १०

  काठमाडौं – सरकार र राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष...

TOP