धनगढी- कोभिड (१९ बिकराल रूपमा दिन प्रतिदिन महामारीको रूपमा फैलिरहेको सन्दर्भमा प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन (पिन) सुदूरपश्चिमले शुक्रबार धनगढी स्थित सेती प्रादेशिक अस्पताललाई स्वचालित सेनिटाईजेसन टनेल हस्तान्तरण गरी जडान गरेको छ ।

हस्तान्तरण कार्यक्रममा सूदुरपश्चिम प्रदेश सरकारका पूर्व सामाजिक विकस मन्त्री एवं प्रदेश सदश्य दीर्घ सोडारी,अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशी, सदस्य मनोज राई, अस्पतालका मेडिकल सुपरटेन्डेनट डा। हेमराज पाण्डे, पिन सूदुरपश्चिम अध्यक्ष गोकुल देव जोशी, सचिव दिनेश बोहरा, कोषाध्यक्ष नारद जोशी, कार्यसमिति सदश्य भान सिह धामी, होमराज तिमिल्सिना, हरेन्द्र चटौत, रोवोटिक्स एशोसिएसन नेपाल, सुदूरपश्चिम अध्यक्ष अनिल पाण्डे सहित पिनका सदश्यहरुको उपस्थिति रहेको थियो। पिन सूदुरपश्चिम प्रदेशका अध्यक्ष गोकुल जोशीले उक्त टनेल अस्पतालका अध्यक्ष दुर्गा जोशी लाई हस्तान्तरण गरेका हुन ।
टनेलको शुभारम्भ पूर्व सामाजिक विकस मन्त्री सोडारीले टनेलको प्रयोगले अस्पतालमा कोराना भाइरसबाट हुने संक्रमणको जोखिम कम गर्न मद्धत पुग्ने बताए । साथै, टनेल बुझ्ने क्रममा अस्पतालका अध्यक्ष दुर्गा जोशी दैनिक सेवा दिन आत्मबल पुग्ने बताए ।

उक्त टनेलको प्रयोग गर्दा ४ सेकेन्डमा पुरै शरिरमा सेनिटाईजर पुग्ने र स्वचालित भएको हुँदा कार्य टनेलको प्रयोगबाट संक्रमण फैलन जोखिम रहेको छैन । स्थानीय स्रोत साधनको प्रयोग गरि निर्माण गरिएको पिन सूदुरपश्चिम प्रदेशका अध्यक्ष गोकुल जोशीले बताए ।
दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...